ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन पत्रकार संघ प्रदेश नं ४ मा बाँस्तोला


bhawani desk

पोखरा, १६ असार ।  नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले राससका हरि बाँस्तोलाका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

तीनवर्षीय कार्यकाल रहेको सो कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा गोविन्द सुवेदी, महिला उपाध्यक्षमा जमुना वर्षा, महासचिवमा घनश्याम पाण्डे, सचिवमा विजय राना, समावेशी सचिवमा कमला राना र कोषाध्यक्षमा रोहित बस्नेत तथा सदस्यमा सन्तोष गौतम, राजन उपाध्याय, सुशील सुवेदी, रत्ना गुरुङ, रोहितराज पराजुली र भूपाल गुरुङ रहनुभएको छ । मुलुकका ६१ जिल्लामा संघका शाखा गठन गरिएको छ ।

अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष धनीराम शर्माले बिट पत्रकारितालाई स्थापित गर्ने उद्देश्यले संघको स्थापना गरिएको बताउँदै प्रदेश नं ४ पर्यटनको प्रचूर सम्भावना रहेको हुँदा पर्यटन पत्रकारिताको समेत राम्रो सम्भावना रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेलले पर्यटन प्रवद्र्धन र विकासका सम्बन्धमा कलम चलाउँदै आउनुभएका पत्रकार संगठित हुनु सकारात्मक भएको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका अध्यक्ष एमबी आस्था मगरले पर्यटन क्षेत्रको विकासमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । मुलुकका ६१ जिल्लामा संघको शाखा गठन गरिएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com