ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलामाथि हुने दुव्र्यवहारविरुद्ध चेतनामूलक सडक नाटक


bhawani desk

काठमाडौं,१६ असार । विश्वास नेपाल’ नामक सामाजिक संस्थाले डान्स तथा क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्रमा कार्यरत महिलामाथि हुने दुव्र्यवहारविरुद्ध चेतनामूलक सडक नाटक ‘हामी चेली’ प्रदर्शन शुक्रबार सम्पन्न भएको छ ।

बिहीबारदेखि दुईदिनसम्म आयोजित नाटक चाबहिल, गौशाला, चक्रपथ, गँगबु, ठमेल, सोह्रखुट्टे, कालोपुल, सुन्धारा, बालाजु र कलंकीमा देखाइएको थियो । त्यस क्षेत्रमा कार्यरत महिला कर्मचारीलाई व्यवस्थापन तथा सञ्चालकले श्रम सम्झौता गरी त्यसका आधारमा काम र पारिश्रमिक व्यवस्था गर्नुपर्ने सन्देश नाटकमा पाइन्छ ।

त्यस्तै उक्त व्यवसाय सञ्चालन गर्ने व्यवसायी तथा संस्थालाई पनि सरकारले निर्दिष्ट गरेका श्रम सम्झौतालगायत पालना गरी कुनै पनि बहानामा हिंसालाई प्रश्रय नदिन नाटकमा सुझाइएको छ ।

बालबालिका प्रयोग नगर्ने, कार्यरत कर्मचारीको नागरिकता र ठेगाना प्रष्ट राख्नुपर्ने, जीवन बीमा व्यवस्था गर्नुपर्ने, तोकिएको समयभन्दा धेरै काममा लगाउन परेमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्नेजस्ता पक्षलाई समावेश गरिएको सो नाटकमा महिलाविरुद्ध हुने विभेद तथा शारीरिक र मानसिक हिंसाका कारण समाजमा पर्ने प्रभावको विश्लेषण गरिएको छ ।

हिंसा न्यूनीकरण तथा यौन हिंसाविरुद्ध देखाइएको नाटकमा नयाँ बसपार्क तथा त्यस आसपास क्षेत्रका रेष्टुराँबाट १८ वर्षभन्दा कम उमेरका बालिका र किशोरी फेला परेको समाचार प्रस्तुत गरिएको छ ।

संस्थाका अध्यक्ष तारा भण्डारीले पछिल्लो समय मानव बेचबिखनको क्षेत्र मानिउका डान्स, दोहोरी, क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्र विकसित हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । यस्ता कार्य निरुत्साहन गर्न नाटक सशक्त माध्यम हुन सक्ने बताउँदै उहाँले हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारले निगरानी बढाउनपुर्नेमा जोड दिनुभयो ।

मनोरञ्जन क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका पत्रकार नेहा शर्माले गर्नुभएका विभिन्न अनुसन्धानका क्रममा राजनीतिक संरक्षणका आधारमा केही बिचौलिया तथा खराब गिरोहले ग्रामीण भेगका किशोरीलाई रोजगारीको प्रलोभन तथा विवाह गर्ने आश देखाएर डान्स तथा क्याबिनमा काम लगाउने गरेको अनुभव सुनाउनुभयो ।

आगामी दिनमा काठमाडौँ उपत्यका तथा त्यस बाहिरका अन्य जिल्लामा समेत नाटक प्रदर्शन गरिनेछ । उक्त संस्थाको पहलमा प्रहरीको सहयोगमा वैदेशिक रोजगारीका बहानामा बेचबिखन तथा हिंसामा परेका बालबालिका तथा महिलालाई विभिन्न पुनःस्थापना केन्द्र तथा व्यावसायिक सीप केन्द्रमा तालीमको व्यवस्था गरी सम्बन्धित जिल्लामा फर्काउन सहयोग भएको छ । भूकम्पपछि बालबालिका तथा किशोरी बढी जोखिममा रहेको सो संस्थाको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com