ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनलाई प्रधानमन्त्री ओलीको एस्क्लुसिभ अन्तर्वार्ता – ‘भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपियो’ (भीड़ियो )


ABC NEWS
असार १४, २०७५ बिहीबार   ३ : २१   बजे


काठमाण्डू । प्रधानमन्त्री के.पि शर्मा ओली यतिबेला उत्तरी छिमेकी चीनको भ्रमणमा छन् । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले सुरुदेखि नै विकास र समृद्धिको लागि सघाउन चिनिया लगानीकर्ताहरुलाई आग्रह गरे । चिनिया राष्ट्रपति सि जिनपिङले बेल्ट एण्ड रोड इनिसियटिभको अवधारणाअन्तर्गत रहेर नेपालको विकासमा सघाउने प्रतिवद्धता जनाए । सोही प्रतिवद्धताको प्रतिबिम्ब बिहीबार नेपाल र चीनबीच भएको १० बुँदे सहमति र ४ बुँदे ‘लेटर अफ इन्टेन्ट’मा प्रष्ट देखियो ।

बेइजिङमा प्रफुल्ल मन बनाएर ल्हासा फर्किदै गर्दा चीनको सिचुवानस्थित छेन्दु अन्तराष्ट्रिय विमानस्थलमा एकघण्टा ट्रान्जिट पर्यो । सोही समयको सदुपयोग गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलको अति विशिष्ठ कक्षमा एबीसी टेलिभिजनलाई एस्क्लुसिभ अन्तर्वाता दिए ।

एबीसी टेलिभिजनको विशेष अन्तर्वार्ता कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग ओलीले नेपालका विशाल दुई छिमेकी मुलुक दुई ठुला देशको सहयोगबाट नेपालको विकास गर्ने वातावरण बनेको दाबी गरे । ओलीले नेपाल र चीनको सम्बन्धमा थप नयाँ आयाम थपेको बताए । नेपालले दुवै ठुला देशको सहयोग र सहकार्यमा नेपालको विकास गर्ने वातावरण सृजना गर्न लाग्न आवश्यक रहेको तर्क गरे ।

नेपाल र चीनबीचको सम्बन्ध मात्र नभई अन्य देशसंगको सम्बन्ध अनि भविष्यलाई पनि ख्याल गर्दै दुइपक्षिय रुपमा सहयोग र सहकार्य गर्नुपर्ने बताए । पछिल्लो समय सृजना भएका केहि शंका तथा अन्योलताहरुको पनि अन्त्य भइ नया युगको सुरु भएको प्रधानमन्त्री ओलीको दावी छ । आफ्नो भ्रमणबारे प्रतिक्रिया दिँदै ओलीले भने, ‘२०१६ मा राम्रै थियो अहिले त निकै राम्रो भयो ।’

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनपिङ, प्रधानमन्त्री लि खछ्याङ र चीनीया जनकंग्रेका अध्यक्ष लि झाङसु आफ्नो अनुकुल समय मिलाएर नेपाल भ्रमणमा आउने पनि दाबी गरे ।

यसपटकको भ्रमणबाट नेपालप्रति चिनिया नेतृत्व धेरै सकारात्मक बनेको छ । चीन भ्रमणबाट ओलीले पनि सकारात्मक सन्देश दिन खोजेका छन् । भ्रमणका क्रममा गरिएका सहमतिले नेपालको विकास र समृद्धिमा चीनको सहयोग, समर्थन रहने प्रष्ट देखिएको छ । भ्रमणको मुख्य सफलता चिनिया रेल केरुङको बाटो हुंदै काठमाडौं आउने विश्वास जनतामा जगाउन सक्नु हो । प्रधानमन्त्री ओली भन्छन्, केरुङबाट काठमाडौं रेल आउंछ । पूर्व पश्चिम रेल, रक्सौल काठमाडौं रेल समेत ५ वर्षभित्र बन्छ । काठमाडौंमा ४ वर्षभित्र मोनो रेल समेत चल्छ ।

साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई आम नेपाली जनताले मात्र होइन, अन्तराष्ट्रिय समुदायले पनि निकै चासोका साथ हेरेका छन् । दक्षिणी छिमेकी भारतले शंकाको नजरले हेरिरहेको छ । तर, नेपालसंग सदैव मित्रवत् व्यवहार गरिरहेको चीनले नेपालको विकास र समृद्धिका लागि मात्र सहयोग गर्नेमा विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group