
काठमाडौं,१४ असार । सरकारले वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले ‘कानुनी प्रतिरक्षा निर्देशिका’ पारित गरेको सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिएका छन ।
उक्त निर्देशिका कार्यान्वयनमा आएपछि रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परेमा कानुनी लडाइँ सरकारले नै लडिदिने छ ।
त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष ठहर गरेको छ । बैठक बिमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली–२०७५ पनि बैठकले स्वीकृत गरेको छ भने सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेस गर्ने निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिएका छन।
बैठकले नेपाल र बंगलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै बैठकले युरोपेली युनियनले दिने ५ अर्व ६ करोड अनुदान सहायता पनि स्वीकृत गरेको बास्काटाले जानकारी दिए ।







प्रतिक्रिया दिनुहोस्