ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झोलुङ्गे पुल निर्माण भएपछि एकदिनको बाटो एक घण्टामा


bhawani desk


 म्याग्दी, १४ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि पूरै एक दिनको बाटो एक घण्टामा छोटिएको छ ।

जम्मा १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश र बगर गाउँका बासिन्दाले आवतजावत गर्न पूरै दिनको घुमाउरो बाटो पैदल हिँड्नुपर्ने, जोखिम मोलेर तुइन र साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएका हुन् ।

२०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशका बासिन्दाले तुइनबाट खाद्यान्न, नूनतेल तारेर उपभोग गर्दै आएका थिए । आवतजावतका लागि भुमरबोट भन्ने ठाउँमा पुगेर घुमाउरो बाटो हिँड्नुपर्ने समस्या थियो । सिम्कोशकी ज्योति थापाले पुल बनेपछि पूरै दिन हिँड्नुपर्ने घुमाउरो बाटो एक घण्टामा छोटिएको बताउनुभयो ।

गत वर्ष सिम्कोशको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याएका छन् । रु ४४ लाख ७६ हजार १८८ को लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले बताउनुभयो ।

गाउँपालीकाको रु पाँच लाख ५३ हजार, झोलुङ्गे पुल सहयोग एकाइ (टिबीएसयु) को रु तीन लाख ७४ हजार बराबरको लट्ठा र बुल्डअफ ग्रिप, सरकारको रु ३४ लाख ८२ हजार अनुदान र समुदायको रु ९२ हजार बराबरको श्रमदानमा पुल निर्माण भएको सचिव डिलबहादुर पुनले जानकारी दिनुभयो ।

२०७४ फागुन ८ गतेदेखि शुरु भएको पुल निर्माण कार्य २०७५ जेठ अन्तिम साता सम्पन्न भएको थियो । स्थानीयवासीले ५० दिनका दरले श्रमदान गरेका थिए । पुलको मंगलबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

भौगोलिकरुपमा विकट सिम्कोस बगरका बासिन्दा र धौलागिरि चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको आवतजावतमा सहज बनाएको यो पुलबाट समुदायले खेर गइरहेको जमीनमा जडीबुटी खेती गरेर आयआर्जन गर्न सक्ने सम्भावना पनि भएको अध्यक्ष पुनले बताउनुभयो ।

टिबिएसयुका प्र्राविधिक अधिकृत श्रीधर भण्डारीले यो पुल स्थानीय तहले बनाएको सम्भवत नेपालकै पहिलो भएको बताउनुभयो । धौलागिरि गाउँपालिकाले पुल बनाएर स्थानीय तह पनि पुल निर्माणमा सक्षम भएको सन्देश प्रवाह गराउन सफल भएको बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा यस वर्ष ११ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

कुल ३६५.६ मिटर लामो बेगखोला, धौलागिरि गाउँपालिकाको धनमानेमा ५६ मिटर, छहरी खोलामा ३२ मिटर, मालिका नूनथलामा ४५.७५ मिटर, टाक्सेमा ६४ मिटर, दाङखोलामा ६७ मिटर, दोबिल्नामा ७५ मिटर, मंगलाको आरुखोलामा ६६ मिटर, रघुगंगाको ¥यासीखर्कमा ६० मिटर र अन्नपूर्णको मनोघाटमा ३२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com