
काठमाडौँ,१० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिने चीन भ्रमण सफल भएको बताएका छन । चीन भ्रमण सकेर फर्कनुभएका प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरेर चीन भ्रमण सफल भएको बताएका हुन ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा दुई मुलुकबीच विभिन्न सहमति र सम्झौता भएको जानकारी दिए । चीन भ्रमणका क्रममा दुई देशबीच १४ बुदे सहमति र सम्झौता भएको पनि उनले बताएका छन ।
ओलीले केरुङ–काठमाडौं रेल्वेसम्बन्धी परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, कार्गो सञ्चालनमा तिब्बतको राजमार्ग प्रयोग, रसुवागढीमा पुल निर्माणमा सहयोग, उर्जा सहकार्य गर्ने विषयमा सहमति, उत्पादनमा लगानी तथा सहकार्य सम्झौता, मानव स्रोत सहकार्य, आर्थिक र प्राविधिक सहकार्य तथा सम्बन्ध मजबुद बनाउने जस्ता सम्झौता भएको जानकारी दिएका छन ।
भ्रमणका क्रममा ओलीले चिनिया“ राष्ट्रपति सी जिन पिङ, चिनिया“ समकक्षी लि खछ्याङलगायतसंग भेटवार्ता भएको बताए । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका इश्वर पोखरेलले स्वागत गरेका छन । चीनको ६ दिने राजकीय भ्रमणका लागि गत असार ५ गते १२० जनाको टोलीसहित प्रधानमन्त्री त्यसतर्फ गएका थिए ।







प्रतिक्रिया दिनुहोस्