ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा


bhawani desk
असार १०, २०७५ आईतबार  १० : ०१ बजे

चीन, १० असार ।  छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गर्नुभयो ।

त्यसका साथै प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले महत्वपूर्ण वार्ता गर्नुभयो । उहाँहरुबीच दुई सरकारबीच सहयोगका बारेमा महत्वपूर्ण विचार विमर्श भयो । यो वार्ता दुवै सरकारका लागि निकै महत्वपूर्ण मानिएको छ ।

ल्हासा झरेकै दिन प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो भने त्यसको भोलिपल्ट शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष छिटलाबीच महत्वपूर्ण वार्ता भयो । यो वार्ता नेपालको उत्तरी भूभाग १४१४ किलोमिटर क्षेत्र यसै तिब्बतसँग जोडिएकाले सीमा क्षेत्रका विविध विषयमा विचार विमर्श भएको बुझिएको छ ।

त्यसैगरी बेइजिङमा भएको यातायात प्रोटोकलसम्बन्धी सम्झौताका विषयमा पनि महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले यस सम्झौताबाट नेपाल र नेपालीले व्यावहारिकरुपमा फाइदा उठाउन सक्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

तिब्बेतियन संस्कृतिको झाँकी र परम्परासहित प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल पुगेको सरकारका उपाध्यक्षले यहाँस्थित महावाणिज्य दूतावासले आयोजना गरेको रातिसम्मको कार्यक्रममा साथ छोड्नुभएन । प्रधानमन्त्री ओलीसँग उहाँ निकटमै रहनुभएको थियो ।

प्रधानमन्त्री ओलीले यहाँका विश्वविद्यालयका प्राध्यापकसँग पनि भेटवार्ता गर्नु भई दुई सरकारबीचको सम्बन्ध र शैक्षिक क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्नुभयो ।
भ्रमणका क्रममा यहाँस्थित महावाणिज्य दूतावास पुगेर प्रधानमन्त्री ओलीले त्यहाँको वस्तुस्थितिको जानकारी लिनुभयो । यहाँ भएका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताउनुभयो ।

महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपालको सबैभन्दा पुरानो नियोगमध्येको ल्हासा वाणिज्य दूतावास भएको भन्दै तिब्बत सरकारसँग नेपालको मात्र नियोग रहेको जानकारीसमेत गराउनुभयो ।

पुस्ताँैदेखि तिब्बतमा बस्दै आएको नेपालीले वाणिज्य दूतावास पुगेर आफ्ना गुनासासमेत राखे । उनीहरुले दुवै देशको नागरिकता नहुँदा घर न घाटको भएको भन्दै गुनासा राखे । उनीहरुले तिब्बतमा बसोबास तथा व्यापार गर्ने एकमात्र आधार रहेको १० वर्षे हस्तलिखित राहदानीलाई मेशिन रिडेवल पासपोर्ट(एमआरपी) बनाई दिन अनुरोध समेत गरे ।

नेपाली दुःख निवारण कोषका अध्यक्ष्य कुन्जो धार्के नेपालीले भन्नुभयो, सन् २०२० देखि हस्तलिखित पासपोर्ट चल्दैन, त्यसपछि हामीलाई समस्या हुन्छ, हामीसँग भएको १० वर्षे हस्तलिखित राजधानीलाई एमआरपी बनाई दिनुहोस् ।

तिब्बतमा हाल करीब १५० जना नेपाली यस्ता छन्, जसका बाबु आमामध्ये एक जना नेपाली र एकजना तिब्बती छन् । हालसम्म न नेपाली नागरिकता न चिनियाँ नागरिकता नै । यहाँ यस्ता नेपालीलाई खचरा पनि भनिन्छ ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ल्हासाको छु सोइ काउन्टीमा रहेको चाइना नेसनल मोर्डन एग्रीकल्चर पाइलोट जोनको अवलोकन गर्नुभयो । उहाँले त्यहाँको आधुनिक कृषि पद्धतिका विषयमा जानकारी लिनुभयो । त्यहाँका कृषकले उहाँलाई फार्समा उत्पादन गर्ने कृषिउपजबारे जानकारी गराएका थिए ।

त्यसलगत्तै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष निगरानीमा चलाइएको फोर सिजन ह्याप्पी भिलेजमा गएर करीब आधा घण्टा बिताउनुभयो । उहाँले त्यस भिलेजमा बसोबास गर्ने जनता र सञ्चालन विधिबारे जानकारी समेत लिनुभयो ।

यो भिलेजमा घरबार नभएका र उच्च हिमाली क्षेत्रमा बस्ने तिब्बेतियन नागरिकलाई बसोबास र रोजगारीको व्यवस्था गरिएको छ । यस गाउँमा चीनको उच्च नेताले भ्रमण गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली स्थानीय थिएटरमा सञ्चालन गरिएको नाटकको अवलोकन गर्नुभयो । उक्त नाटकमा स्रोङक्रोङ गम्पोको विवाहको कथा वस्तु समेटिएको थियो । यसरी प्रधानमन्त्री ओलीको ल्हासा बसाईले नेपाल सरकार र तिब्बत सरकारबीचको द्विपक्षीय परम्परागत ,ऐतिहासिक, सांस्कृतिक तथा व्यावहारिक सम्बन्धलाई थप उचाइमा पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मतगणना जारी रहँदा रास्वपाको प्रारम्भिक अग्रता ३५, कांग्रेस: ४, एमाले: ३ नेकपा: १ स्थानमा

प्रारम्भिक मत गणनामा रास्वपाको मजबुत अग्रता – काठमाडौंका अधिकांश क्षेत्रमा नेतृत्व

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com