ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबल : समूह बीबाट स्पेन, पोर्चुगल र इरानको सम्भावना बलियो


एबीसी न्यूज


असार ७, । विश्वकप फुटबलमा स्पेनले इरानलाई १ शून्यले हराएको छ । बुधबार राती रुसको काजान एरिनामा भएको खेलमा स्पेनलाई जिताउन खेलको ५४ औ मिनेटमा डिएगो कोष्टाले गोल गरे । इरानका डिफेण्डर रविन रेजाइनले बल क्लियर गर्न लागेको बल गोल हुन पुगेको थियो ।

जसका कारण स्पेनले महत्वपूर्ण तीन अंक जोड्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । नतिजापछि स्पेन ४ अंक सहित अंकतालिकाको पहिलो स्थानमा छ भने ४ अंक नै रहेको पोर्चुगल दोश्रो र ३ अंक बनाएको इरान तेश्रो स्थानमा छ ।

खेलको ६२ औं मिनेट इरानी टिम र समर्थकका लागि निराशाजनक क्षण हुन पुग्यो । इरानका सेइद इजाटोलाहीले गोल गरेका थिए । फ्रिकिक बललाई हेडमार्फत गोल गरेपछि खेलाडी र समर्थकले खुशी पनि मनाइसकेका थिए तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई गोलको मान्यता नदिइ अफसाइड दिएपछि इरानी पक्ष निराश बनेको थियो भने स्पेनी पक्ष खुशी ।

केही अवसरहरुमा इरानका खेलाडी चुकेका थिए । पहिलो गोल हुनुभन्दा अघि भने इरानले निक्कै सुस्त फुटबल खेलेको थियो । उसका सबै खेलाडी रक्षापंक्तिमा बार लागेका थिए भने कुनै आक्रमण बुन्न जाँगर देखाइरहेका थिएनन् ।

समूहमा लगातार दुई पराजय ब्यहोरेको मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ । समूहको अन्तिम खेलमा स्पेनले मोेरक्कोसँग प्रतिस्पर्धा गर्दा इरानले पोर्चुगलको सामना गर्नेछ । त्यही खेलको विजेता समूह बी बाट नकआउट चरणमा प्रवेश गर्नेछन् ।

विहीबार रातीको खेलमा गोल गरेसँगै रुस विश्वकपमा ब्राजिलमा जन्मिएका स्पेनिस स्ट्राइकर डिएगो कोष्टाको गोलसंख्या ३ पुगेको छ । यसअघि पोर्चुगलसँग बराबरी हुँदा उनले २ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com