ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्ष्मीपुर आयोजना गरिएको शिविरमा एक हजार बढीले स्वास्थ्य लाभ लिए


bhawani desk

 दाङ, ४ असार l तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा सो वडाको लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविरबाट एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् ।

स्थानीय महिला सञ्जाललगायत विभिन्न संघसंस्थाको समन्वयमा गरिएको शिविरमा स्थानीय ८६ वर्षीया सीता चौधरीले खुलेर आफ्ना समस्या राख्न पाएकामा खुशी व्यक्त गर्नुभएको छ ।

उहाँले आफूलाई लामो समयदेखि पेट दुख्ने समस्या रहेको भन्दै आफ्नै घर आँगनमा डाक्टर आई आफूलाई निःशुल्क औषधिसमेत दिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

सो शिविरमा उहाँ जस्तै एक हजार सात जनाले स्वास्थ्य सेवा लिएको स्त्रीरोग विशेषज्ञ डा पुष्पा डाँगीले जानकारी दिनुभयो ।

शिविरमा उपचार गराएकामध्ये धेरैमा पाठेघरमा समस्या भएका महिला रहेको पनि डा डाँगीले बताउनुभयो ।

त्यसैगरी सोही शिविरमा जेष्ठ नागरिकमा हातखुट्टा दुख्ने, दम खोकीलगायतका समस्या रहेको बताइएको छ । स्वास्थ शिविरको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले अबदेखि तुलसीपुर उपनगरवासीले औषधि उपचारको अभावमा ज्यान गुमाउन नपर्ने गरी आफूहरुले काम थालिसकेको बताउनुभयो ।

उहाँले तुलसीपुरका बासिन्दाको स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारले लिइसकेको भन्दै हरेक वडामा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने काम अगाडि बढाइसकेको बताउनुभयो ।

शिविरमा राप्ती अञ्चल अस्पताल तुलसीपुरका डाक्टर पुष्पा डाँगी, डा गोकर्ण दाहालसहितको ४० जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com