ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्द्राको पुल ७ वर्ष पुग्दा सम्म सम्पन्न भएन


bhawani desk
असार ३, २०७५ आईतबार  ४ : २८ बजे


कैलाली,३ असार । कैलालीको भजनी नगरपालीका–३ ठेकीपुर र वडा नम्बर ५ लालबोझी र ७ चर्चालाई जोड्ने कान्द्रा नदीको पुलको ठेक्का सम्झौता भएको ७ वर्ष पूरा हुँदा एउटा पिल्लर हाल्ने काम समेत भएको छैन ।

२ वर्ष सम्मको लाग ठेक्का लिएको काम सात वर्ष पुग्दा पनि सम्पन्न भएको छैन । ०६८ जेठ ३१ गतेदेखि काम सुरु गरेको लामा शेर्पा जेभी प्रालिले ०७० मंसिर मसान्तसम्ममा पुलको काम सम्पन्न गरिसक्नु पर्ने हो ।

तर, बिभागबाट पटकपटक म्याद थप गरेपनि ठेकेदारले अहिलेसम्म पुलको २५ प्रतिशत काम मात्रै सम्पन्न गरेको आयोजनाले जानकारी दिएको छ । एकसय मिटर लम्बाईको पुल बनाउने ठेक्का पाएको लामा सेर्पा जेभीले सम्झौता भएकोे ७ बर्ष सम्म पनि पुलको काम अलपत्र बनाईदा खोलापारी कष्टकर जिवन विताईरहेका छन  ।

स्थानियहरुलाई समस्या त छ नै आशा मात्रै देखाएर काम नगर्ने ठेकेदारलाई कारवाही नहुँदा फेरी म्याद थप गरेर पुलको काम अलपत्र छोड्ने त होईन भन्ने समस्याले झनै पिरोलेको छ । निर्माण सम्झौता भएकोे ७ वर्षसम्म सम्बन्धित निकाय अनुगमनमा समेत नआएको स्थानीय मानबहादुर चुनाराले बताए ।

उनले ठेक्का लिएको ठेकेदार विकास कुमार झा समेत यहाँ नआएको बताए । पुल निर्माणका लागि निर्माण सामाग्री पनि वर्षात शुरु हुने बेलामात्रै ल्याउने गरेको बताउदै अहिले पनि जेठ २० गते मात्रै पुलका लागि छड लिएर आएको उनले बताए । नदिमा पुल नहुँदा सबैभन्दा बढी मार विद्यार्थीहरुलाई पर्ने गरेको स्थानिय शिक्षक मानबहादुर साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com