ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्द्राको पुल ७ वर्ष पुग्दा सम्म सम्पन्न भएन


bhawani desk


कैलाली,३ असार । कैलालीको भजनी नगरपालीका–३ ठेकीपुर र वडा नम्बर ५ लालबोझी र ७ चर्चालाई जोड्ने कान्द्रा नदीको पुलको ठेक्का सम्झौता भएको ७ वर्ष पूरा हुँदा एउटा पिल्लर हाल्ने काम समेत भएको छैन ।

२ वर्ष सम्मको लाग ठेक्का लिएको काम सात वर्ष पुग्दा पनि सम्पन्न भएको छैन । ०६८ जेठ ३१ गतेदेखि काम सुरु गरेको लामा शेर्पा जेभी प्रालिले ०७० मंसिर मसान्तसम्ममा पुलको काम सम्पन्न गरिसक्नु पर्ने हो ।

तर, बिभागबाट पटकपटक म्याद थप गरेपनि ठेकेदारले अहिलेसम्म पुलको २५ प्रतिशत काम मात्रै सम्पन्न गरेको आयोजनाले जानकारी दिएको छ । एकसय मिटर लम्बाईको पुल बनाउने ठेक्का पाएको लामा सेर्पा जेभीले सम्झौता भएकोे ७ बर्ष सम्म पनि पुलको काम अलपत्र बनाईदा खोलापारी कष्टकर जिवन विताईरहेका छन  ।

स्थानियहरुलाई समस्या त छ नै आशा मात्रै देखाएर काम नगर्ने ठेकेदारलाई कारवाही नहुँदा फेरी म्याद थप गरेर पुलको काम अलपत्र छोड्ने त होईन भन्ने समस्याले झनै पिरोलेको छ । निर्माण सम्झौता भएकोे ७ वर्षसम्म सम्बन्धित निकाय अनुगमनमा समेत नआएको स्थानीय मानबहादुर चुनाराले बताए ।

उनले ठेक्का लिएको ठेकेदार विकास कुमार झा समेत यहाँ नआएको बताए । पुल निर्माणका लागि निर्माण सामाग्री पनि वर्षात शुरु हुने बेलामात्रै ल्याउने गरेको बताउदै अहिले पनि जेठ २० गते मात्रै पुलका लागि छड लिएर आएको उनले बताए । नदिमा पुल नहुँदा सबैभन्दा बढी मार विद्यार्थीहरुलाई पर्ने गरेको स्थानिय शिक्षक मानबहादुर साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com