ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प र किम जोङको सुरक्षाका लागि विशेष दस्ताका रूपमा खटिए गोर्खा


एबीसी न्यूज
जेष्ठ २८, २०७५ सोमबार  २ : ५५ बजे

 २८ जेठ । पहिलो पटक वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन आइतबार सिंगापुर पुगेका छन् । उनीहरूबीच मंगलबार वार्ता तय भएको छ । दुबै नेताले आफ्नो व्यक्तिगत सुरक्षा टोली ल्याएर आएका छन् ।

ट्रम्प र किमको सुरक्षाका लागि सिंगापुरले आफ्नो प्रहरीमा रहेका गोर्खाहरूलाई खटाएको छ । सिंगापुर प्रहरीका गोर्खाहरू वार्तास्थल, सडक र होटलको सुरक्षामा खटेका छन् ।

सिंगापुरका कानून तथा आन्तरिक मामिला मन्त्री के. सान्मुगमले ट्रम्प र किमको सुरक्षार्थ ५ हजार बढी प्रहरी परिचालन गरिएको र त्यसमध्ये विशेष दस्ताका रूपमा गोर्खा रहेको बताए ।

‘यति महत्वपूर्ण कार्यक्रमको सुरक्षामा गोर्खाहरूले जिम्मेवारी पाएको देख्नु गर्वको क्षण हो,’ ३७ वर्ष बेलायती सेनामा काम गरेका कृष्णकुमार आलेले समाचार संस्था एपीसँग भने, ‘यसले संसारका दुई महत्वपूर्ण नेताको सुरक्षामा हामीलाई विश्वास गरिने तहसम्म हामी गोर्खाहरु पुग्यौं भन्ने देखाउँछौं ।’

केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षा मन्त्री जिम म्याटिससहित केही क्षेत्रीय मन्त्रीहरू एक सुरक्षा गोष्ठीका लागि आउँदा पनि सांग्रिला होटलको सुरक्षामा अरूबेला खासै नदेखिने गोर्खा सैनिक खटिएका थिए । एपी न्यूजबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com