ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाम फेरेर चर्चित भएका सेलिब्रेटी (करणजित कौर बोहरा नाम परिवर्तत गरेर सन्‍नी लिओन समेत )


एबीसी न्यूज

वलिउडमा वास्तविक नाम परिवर्तत गरेर चर्चित भएका सेलीब्रेटी थुप्रै छन्। कतिले आफ्नै खुसीले नाम परिवर्तन गरेका छन् भने कतिले अरूको सल्लाहमा नाम परिवर्तन गरेका छन्। जानौं केही सेलिब्रेटी र तिनले नाम परिवर्तन गर्नुका रहस्यस्

तुरकोट्टेबाट कैफ         

कटरिना कैफको सुन्दरताबाट को मोहित नहोला रु १२ वर्षअघि चलचित्र बुमबाट बलिउडमा पाइला राखेकी कटरिनाको प्रेमसम्बन्ध, अभिनय र सुन्दरता सबैको चर्चा हुने गर्छ।

‘राजनीति’, ‘एक था टाइगर’, ‘धूम थ्री,’ ‘जिन्दगी ना मिलेगी दोबारा’लगायतका विभिन्न सफल चलचित्र दिएकी कटरिनाको खास नाम कटरिना तुरकोट्टे हो । तुरकोट्टे उच्चारण गर्न अप्ठ्यारो मानिएपछि उनले आफ्नो पछिल्लो नामलाई कैफ बनाएकी हुन्।

 अजय  बने विशाल भाइ 
अक्षयकै समकालीन अभिनेता अजय देवगणले पनि नाम परिवर्तन गरेरका हुन्। दिल्लीमा जन्मिएका उनको नाम विशाल विरु देवगण हो।

उनका दाजु अनिल देवगण हिन्दी चलचित्रका निर्देशक हुन्। उनकी पत्नी काजोल मुखर्जीले पनि आफ्नो थर नेलेखेरै चर्चित बनिन्।

सुरुमा अजयले पनि आफ्नो थर ‘देवगन’ लेखेका थिए। विवाहपछि परिवारजनको आग्रहमा सच्याएर ‘देवगण’ बनाएका हुन्।

शिल्पा बनिन् अश्‍विनी 
सन् १९९३ मा बनेको चलचित्र बाजिगरबाट शिल्पा सेट्ठीले बलिउडमा पाइला राखेकी हुन्। यसअघि पनि उनले एउटा चलचित्रमा अभिनय गरेकी थिइन्। ‘गाता रहा मेरा दिल’ नामको त्यो चलचित्र प्रदर्शन भने भएन। शिल्पालाई बाजिगरले चिनायो।

१६ वर्षकै उमेरमा मोडलिङबाट ग्ल्यामर संसारमा प्रवेश गरेकी शिल्पाले किशोरावस्थामा आफ्नो नाम परिवर्तन गरेकी थिइन्। उनको नाम थियो अश्विनी सेट्ठी। उनले एक न्युमरोलोजिस्टको सल्लाहमा नाम परिवर्तन गरेकी हुन्।

राजीव हरिओमबाट अक्षय कुमार à¤…क्षय कुमारको लागि तस्बिर परिणाम
अक्षय कुमारको एक्सन र संवाद बलिउडमा लोकप्रिय छ। पञ्जावको अमृतसरमा जन्मिएका ४७ वर्षीय यी अभिनेताको कुनै समय बलिउडमा अत्यधिक चर्चित स्टार राजेश खन्नाको परिवारसँग साइनो गाँसियो।

ट्विंकल खन्नासँग वैवाहिक जीवन सुरु गरेर राजेशलाई ससुरा बनाएका अक्षयको वास्तविक नाम राजीव भाटिया हो। अझ उनको पूरा नाम त राजीव हरिओम भाटिया हो।

अक्षय कुमारका रूपमा करियर सुरु गरेपछि उनले पनि पछाडि फर्केर हेर्नु परेको छैन। ससुराको ख्यातिको बिडो उनले थामेका छन्।

करणजितबाट सन्‍नी  

भारतीय मूलकी क्यानेडेली पोर्न स्टार सन्नी लिओनले बलिउडका मूलधारमा आफ्नो पहिचान बनाइसकेकी छन्। पाँच दर्जनभन्दा बढी अश्लील चलचित्रमा अभिनय र त्यत्तिकै संख्यामा त्यस्ता चलचित्रको निर्देशन गरिसकेकी ३४ वर्षीया यी अभिनेत्री पञ्जावी मूलकी हुन्।

सन्नीका बाबु तिब्बतमा जन्मिएका थिए भने आमा हिमाञ्चलच प्रदेशमा। सन्नीको जन्म भने क्यानडामा भएको हो। उनको वास्तविक नाम करणजित कौर बोहरा हो तर नाम परिवर्तत गरेर सन्‍नी लिओन बनेकी उनले हलिउडका केही चलचित्र सानातिना र बलिउडका आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन्।

फरहानबाट जोन 

मोडलिङबाट ठूलो पर्दाको चलचित्रमा प्रवेश गरेका जोन अब्राहमले सन् २००३ मा चलचित्र ‘जिस्म’बाट बलिउडमा पाइला राखेका हुन्। यो चलचित्रले उनलाई बलिउडमा प्रवेश मात्र गराएन उनको रोमान्टिक जीवन पनि सुरु गरायो। यही चलचित्रबाट अभिनेत्री विपाशा बसुसँग उनको प्रेम सुरु भयो।

तर यो सम्बन्ध लामो समय टिक्न चल्यो। करिब आठ वर्षपछि उनीहरूको प्रेम सम्बन्ध छुट्यो। जोनको वास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ। उनको खास नाम फरहान थियो। उनले आफ्ना बाबु अब्राहम जोनको नामलाई उल्टो पाल्टो पारेर आफ्नो नामकरण गरेका हुन्।

नाम फेरेका अन्‍य हस्ती 
अभिनेता रणवीर सिंहको पूरा नाम रणवीर सिंह भगवानी हो।

 

यस्तै मिथुन दाको नामले चर्चित मिथुन चक्रवर्तीको वास्तविक नाम पनि गौरंग चक्रवर्ती हो।मिथुनको लागि तस्बिर परिणाम

सुपरस्टार राजेश खन्नाले पनि आफ्नो नाम परिवर्तन गरेका हुन्। उनको वास्तविक नाम जतिन खन्ना थियो।

चर्चित अभिनेत्री रेखाको पूरा नाम भानुरेखा गणेशन हो। सन्नी देवलको पुरानो नाम अजयसिंह देवल हो भने बवि देवलको विजयसिंह देवल।

 

उनीहरूका बाबु धरमसिंह देवलले पनि नाम फेरेर धर्मेन्द्र बनेका हुन्। उता दक्षिणका सुपरहिरो रजनीकान्तले पनि नाम फेरेरै चर्चित बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com