ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिर्सने रोग (डिमेन्सिया र अल्जाइमर) विषयक सचेतना


ABC NEWS
असार १५, २०७४ बिहीबार   ९ : १९   बजे

पोखरा, १५ असार । ज्येष्ठ नागरिक जिल्ला सङ्घ, कास्कीको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा बिर्सने रोग (डिमेन्सिया तथा अल्जाइमर) विषयक एक दिवसीय सचेतना कार्यक्रम बुधबार यहाँ सम्पन्न भएको छ ।

बजारमा बढ्दो मिसावटयुक्त खाद्यान्न, जङ्क फुड आदिको प्रयोग भइरहेको र बिर्सनेजस्ता रोग बढिरहेको बताउँदै कार्यक्रमका वक्ताले यसको न्यूनीकरण आवश्यक भएकोमा कार्यक्रममा जोड दिइयो । नेपालमा अहिले डिमेन्सिया ९धेरै मानिसमा लाग्न सक्ने सामान्य बिर्सने रोग०का बिरामी बढ्दै गएको र त्यसमध्ये ८० प्रतिशतलाई अल्जाइमर ९अत्यधिक बिर्सने रोग० लाग्ने गरेको कार्यक्रमका स्रोतव्यक्ति तथा वरिष्ठ फिजिसियन डा अमृत घिमिरेले बताउनुभयो ।

उहाँले अल्जाइमर सञ्चोे हुन नसक्ने खतरनाक गैरसरुवा रोग भएको दाबी गर्दै यो रोगले धनी, गरिब या सर्वसम्पन्न केही नभन्ने बताउँदै रोग लाग्न नै नदिने वातावरण तयार हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ प्रदेश नं ४ का संयोजक तथा केन्द्रीय समिति सदस्य कुसुम केशव पराजुलीले डिमेन्सिया तथा अल्जाइमरजस्ता समस्याको निदानका लागि स्थानीय सरकारले चासो देखाएमा त्यही अनुरुपको वातावरण, आवश्यक तालिम तथा गोष्ठी आदिको संयोजनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग सहयोग जुटाउन सकिने बताउनुभयो । पोखरा पर्यटकीयस्थल भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य पर्यटनको विकास गर्न सकिनेमा उहाँको जोड थियो ।

ज्येष्ठ नागरिक जिल्ला सङ्घ कास्कीका उपाध्यक्ष दुर्गा तिमिल्सिनाले अहिले बजारको फास्टफुड, मिसावट भएका अन्न वा खाद्यपदार्थले मानिसलाई विस्मृति रोग बढाउने गरेको बताउँदै त्यस्ता मिसावटयुक्त र जङ्क फुड सेवनलाई निरुत्साहित गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रमका सहसंयोजक तथा ज्येष्ठ नागरिक जिल्ला सङ्घका कार्यवाहक सचिव केशवराज लम्सालले डिमेन्सिया तथा अल्जाइमर जस्ता रोगको निदान राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठ, स्पर्श आयुर्वेद अस्पतालका डा सुशिला पुन, पोखरा वृद्धाश्रमका अध्यक्ष टीकाबहादुर भण्डारी, जनप्रतिनिधि सागर प्रधान लगायतले डिमिन्सिया र अल्जाइमर रोगले चापेपछि घरपरिवारमा झैझगडा, असमझदारी जस्ता सामाजिक समस्या बढ्ने भएकाले यसबारे सचेतना फैलाउन सकेमा रोग लाग्नभन्दा पहिले जोगिने वातावरण तयार हुने बताउनुभयो ।

कार्यक्रममा सहभागीले ज्येष्ठ नागरिकका स्वास्थ्य सम्बन्धमा राज्यले क्षेत्रीय अस्पतालमा दश शय्याको जेरियाट्रिक वार्ड सञ्चालन गरेर मात्रै नपुग्ने बताउँदै कम्तीमा एउटा प्रदेशमा एउटा जेरियाट्रिक केन्द्र राज्यले खोल्नुपर्ने र त्यसका लागि दक्ष मानव स्रोत उत्पादनमा आजैदेखि लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group