ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महँगो रकममा अनमोलले साइन गरे हिन्दी फिल्म


एबीसी न्यूज
जेष्ठ १४, २०७५ सोमबार  २ : २० बजे
काठमाडौं, १४ जेठ ।   झरना थापाको निर्देशन रहने सिनेमा ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका अभिनेता अनमोल केसीले निर्देशक मिलन चाम्सको आउने अर्को सिनेमा पनि काम गर्ने भएका छन् ।यो सिनेमाको नाम भने अहिले खुलाइएको छैन ।  नाम नखुलाइएको यो सिनेमाको सम्पूर्ण छायांकन नेपाल बाहिर हुनेछ ।
 सिनेमाको कथा अत्यन्तै मन परेका कारण आफूले यो सिनेमामा काम गर्ने भएको अनमोलले बताएका छन् । तीन करोडको बजेटमा बन्ने यो सिनेमामा मिलनले अनमोलको जोडीको रुपमा पुरानै नायिका राख्ने निर्णय गरेका छन् । यद्यपि कसलाई राख्ने भन्नेमा अझै टुंगो लागेको छैन ।

भर्खरैमात्र दुईवटा सिनेमा फाइनल गरेका अनमोलले हिन्दी सिनेमामा पनि अभिनय गर्ने भएका छन् ।  उनले हिन्दी सिनेमाको लागि पनि मोटो रकम लिएको जनाएका छन् ।

अनमोलले अभिनय गर्ने भनिएको सिनेमा हिन्दी र नेपाली भाषामा बन्ने छ, जसलाई चर्चित भारतीय निर्माताले बनाउन लागेका हुन् । तर कुन निर्माताले यो सिनेमा निर्माण गर्न लागेका हुन् त्यसको जानकारी निर्माण पक्षले केही दिनपछि पत्रकार सम्मेलन गरेर दिने बताएको छ ।

यो सिनेमामा दुई जना अभिनेत्रीको मुख्य भूमिका रहनेछ । सिनेमामा एक जना बलिउड अभिनेत्री एक जना नेपाली अभिनेत्री रहने बताइएको छ । सिनेमामा बलिउड अभिनेता ज्याकी श्राफले पनि काम गर्ने चर्चा भैरहेको छ । अनमोलको सिने करिअरका लागि यो सिनेमा विशेष रहनेछ ।

फागुन १० गतेबाट फ्लोरमा जाने यो सिनेमाको छायांकनका क्रममै अनमोलले हिन्दी र नेपाली भाषामा संवाद बोल्ने भएका छन् । सिनेमामा समावेश गीतमा हिन्दी भाषाका लागि बलिउड कलाकारले आवाज दिनेछन् भने नेपाली भाषाकालागि नेपाली कलाकारले नै आवाज दिनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com