ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सलमानको ‘भारत’ को छायांकनको काम पनि सुरु


एबीसी न्यूज
जेष्ठ ५, २०७५ शनिबार  ६ : १४ बजे

जेठ ५ – बलिउडमा टाइगर, सुल्तान अनि दबंगको छवी बनाइसकेका अभिनेता सलमान खान यतिबेला उनको फिल्म ‘रेस ३’ मा व्यस्त छन् । यही व्यस्तताकाबीच सलमानले अर्को फिल्म ‘भारत’ को छायांकनको काम पनि सुरु गरिसकेका छन् ।

यस चलचित्रमा अभिनेत्री प्रियंका चोपडा सलमानको जोडी हुनेछिन् । प्रियंकाका अलावा फिल्ममा दिशा पटानी पनि हुनेछिन् । यस अघिका खबर अनुसार फिल्म ‘भारत’ मा प्रियंका चोपडा र कटरिना केफलाई लिने कुरा थियो । यो फिल्ममा प्रियंकाका साथै अभिनेत्री दिशा पाटनी पनि हुनेछिन् । दिशा पटानी अभिनेता टाइगर श्राफकी प्रेमिका हुन् । टाइगर र दिशा अभिनित फिल्म ‘बागी २’ हिट भएको थियो ।

निर्देशक अलि अब्बास जफरको निर्देशनमा बन्ने ‘भारत’ मा सलमान खानको भूमिका एकदमै विशेष हुनेछ ।

फिल्ममा सलमानले १८ वर्षीय युवकदेखि एक ७० वर्षीय वृद्ध अवस्थासम्मको जीवनको यात्रालाई देखाइनेछ । ५२ वर्षीय सलमानलाई दर्शकले यो फिल्ममा १८ वर्षको युवाको रुपमा हेर्न पाउनेछन् । सलमानलाई कम उमेरको यूवाको रुपमा देखाउनका लागि एज रिडक्शन टेक्निकको प्रयोग गरिनेछ ।

यस अघि फिल्म ‘फ्यान’ मा शाहरुख खानलाई जवान देखाउनका लागि यस टेक्निकको प्रयोग गरिएको थियो । अलि अब्बास जफरको निर्देशनमा बन्ने यो फिल्म सन् २०१९ को इदमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको डोजर अभियान किन सुकुम्वासीमाथि लादियो ? : ऐतिहासिक रुपरेखासहित केशव बडालसँगको वार्ता (भिडियो)

आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com