ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश वर्षमा मुलुक समृद्ध : प्रधानमन्त्री ओली


एबीसी न्यूज
जेष्ठ ५, २०७५ शनिबार  ३ : ०३ बजे

काठमाडौँ, ५ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी हुनु भएको छ ।

कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उहाँ आज बिहान थापाथलीमा एकछिन दौडमासमेत सहभागी हुनु भएको हो ।
सो अवसरमा उहाँले मुलुक विकास र समृद्धितर्फ लम्किएको बताउनुभयो । प्रधानमन्त्री ओलीले एकतापछि बनेको कम्युनिष्ट सरकारले १० वर्षमा मुलुकलाई समृद्ध बनाउने बताउनुभयो ।

“दश वर्षमा मुलुकको मुहार फेर्ने गरी काम हुन्छ”, उहाँले भन्नुभयो, “अब पनि मुलुक नबने कहिल्यै बन्ने छैन । त्यसैले १० वर्षमा विकासमा कायापलट हुनेछ ।”

उहाँले नेपालमा भएका स्रोत साधनबाट नै मुलुकको विकास गरिने भन्दै नेपालीलाई यहाँकै उत्पादनले खान लगाउन पुग्ने हुँदा ती उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

उक्त हाफ म्याराथनको उपाधि नेपाली सेनाका हरि रिमाल र सशस्त्र प्रहरीका कान्छीमाया कोजुले जित्नुभएको थियो । उहाँहरु दुवैले नगद रु ५०\५० हजार र स्कुटर पाउनुभएको छ ।

यस्तै पुरुषतर्फ द्वितीय होमलाल श्रेष्ठ र तृतीय गजेन्द्र राई, महिलातर्फ सन्तोषी श्रेष्ठ द्वितीय र बृन्दा श्रेष्ठ तृतीय हुनुभएको छ । द्वितीय र तृतीयले क्रमशः नगद रु ३०\३० हजार र रु २०\२० हजार प्राप्त गर्नुभएको छ । थापाथलीबाट शुरु भएको दौड माइतीघर, नयाँ बानेश्वर, भक्तपुर हुँदै पुनःथापाथलीमा आएर सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com