ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको खुशी नै भारतको खुशी– भारतीय प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडाैं, २९ वैशाख ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत काँधमा काँध मिलाउन तयार रहेको बताउनुभएको छ ।

काठमाडौ महानरपालिकाले गरेको अभिनन्दन ग्रहण गर्दै उहाँले नेपालको अहिलेको अवस्था सगरमाथाको आधारशिविरमा पुगेको पर्वतारोही जस्तै भएको भन्दै अब शिखर आरोहण गर्न शेर्पाले पर्वतारोहीलाई पुर्याउने योगदान जस्तै भारत नेपालको विकासका लागि काँधमा काँध मिलाउन रहेको बताउनु भएको हो ।

‘तपाईहरु आफ्नै प्राथमिकता र आवश्यकता आफ्नै अनुसार तय गर्नुहोस र अघि बढ्नुहोस, मोदीले भन्नुभयो, भारत काँधमा काँध मिलाउन तयार छ ।’ यो म बढो जिम्मेवारीका साथ भनिरहेको छु, उहाँले थप्नुभयो, प्राथमिकता र आवश्यकता आपै तय गर्नुहोस, भारत सँधै नेपालका साथ काँधमा काँध मिलाएर चल्न तयार छ । नेपालको खुशी नै भारतको खुशी भएको पनि उहाँले बताउनुभयो ।

भूकम्पपछि देश र समाजको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै उहाँले अहिले नेपालमा संघीय, प्रदेश र स्थानीय तहमा लोकतान्त्रिक सरकार बनेको र तीनै तहका चुनाव एकै बर्षमा गरेकोमा नेपाललाई धन्यबाद दिनुभयो । उहाँले गोलीको बोलवाला रहेको अवस्थालाई छोडेर युद्धबाट बुद्धको यात्रामा अघि बढेको स्मरण गर्दै उहाँले अझे धेरै टाढा पुग्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

छिमेकी देशलाई सँधै प्राथमिकतामा राख्ने अवधारणालाई अघि बढाइरहेको बताउनुभएको छ । आफ्ना छिमेकी देशको सम्मृद्धि र उन्नतीमा भारतले सहयोग गर्ने र त्यस्तो सहयोग ती देशहरुकै आवश्यकता अनुसार हुने उहाँले बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध पुरानो, ऐतिहासिक र विशेष रहेको भन्दै त्यसलाई अझ प्रगाढ बनाउन चाहेको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com