ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीलाई महानगरको कलात्मक साँचो हस्तान्तरण सहित अभिनन्दन(अभिनन्दनपत्रमा के लेखिएको छ? )


एबीसी न्यूज

Nepal Live

काठमाडौं, २९ वैशाख । काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गरेको छ। शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी महानगरपालिकाले मोदीलाई नागरिक अभिन्दन गरिएको हो। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको कलात्मक साँचोको प्रतीक हस्तान्तरण गरेर अभिनन्दन गरेका हुन्।

अभिनन्दनमा महानगरपालिकाले मोदीको प्रशंसामा प्रशस्त शब्द खर्चिनुका साथै नेपाललाई पुर्‍याएको सहयोगको आभार व्यक्त गरेको छ।

‘प्राकृतिक रुपमा सुन्दर, शान्त, सौम्य, सुरक्षित, ऐतिहासिक र सांस्कृतिक महत्वको नगरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको सङ्घीय राजधानी काठमाडौं महानगरपालिकामा मित्रराष्ट्र    गणतन्त्र भारतका महामहिम प्रधमानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई हार्दिक स्वागत गर्न पाउँदा सम्पूर्ण नगरवासी गौरवान्वित भएका छौं’, अभिनन्दन पत्रमा भनिएको छ।

महानगरपालिकाले संविधान कार्यान्वयनबारे भारतीय प्रधानमन्त्रीलाई जानकारी पनि गराएको छ। ‘ऐतिहासिक संविधानसभाले २०७२ सालमा नेपालको संविधान जारी गरेपश्चात् स्थानीय तह, प्रदेश र संघीय निर्वाचन सम्पन्न भई संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएको छ’, भनिएको छ, ‘संविधानले अङ्गीकार गरेको विविधता बीचको एकता तथा सामाजिक सांस्कृतिक ऐक्यबद्धताले नेपालीको स्वाभिमानलाई थप उचाइमा पुर्‍याएको छ।’

‘नेपालको संविधानले सबै प्रकारका भेदभावको अन्त्य गरी सुशासन, आर्थिक समृद्धि, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने आधारशीला खडा गरिसकेको छ भने सङ्घीयता, लोकतन्त्र एवम् गणतन्त्र संस्थागत भइसकेको छ।’

अभिनन्दनमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई एक कुशल कार्यकारी नेतृत्व भएको भनी प्रशंसा गरिएको छ। ‘मित्रराष्ट्र भारतले एक कुशल, प्रबुद्ध र सुयोग्य कार्यकारी नेतृत्व पाएको हामीले महशुस गरेका छौं’, अभिनन्दनमा भनिएको छ, ‘महामहिमले छिमेक तथा अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउनु भएको विकासका कार्यक्रम सह्रानीय छन्।’

गुजरातमा आएको भुकम्प पछिको पुनर्निर्माणलाई अनुकरणीय भनिएको छ। ‘विनाशकारी भूकम्पबाट पाठ सिक्दै यहाँको सफल नेतृत्वमा गुजरातले गरेको विकास र समृद्धि हाम्रा लागि अनुकरणीय छ। वि स २०७२ सालमा गएको विनाशकारी भूकम्प पश्चात् भारत सरकार र भारतीय जनताले उपलब्ध गराएको सहयोगप्रति हामी आभारी छौं’, अभिनन्दनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com