ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा सदस्यको प्रश्नः मोदीलाई नेपालले सुरक्षा दिँदैन ?


एबीसी न्यूज
बैशाख २७, २०७५ बिहीबार  १ : ५० बजे

काठमाडौ , २७ वैशाख ।  राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आज विहिबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठुलो संख्याको भारतीय सुरक्षाकर्मीको आवश्यकता, सीमा सुरक्षा लगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोली हुन लागेको नेपालको भ्रमणका लागि सुरक्षा दिन भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी नेपाल आएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

के हामीले भारतीय प्रधानमन्त्री र उनी संगै आउने पाहुनाको सुरक्षाको प्रत्याभुति दिन सक्दैनौ ? भनी गृह र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् । राष्ट्रियसभा सदस्य विनादेवी रानाले कालापानी र सुस्ता सिमा क्षेत्रको विषयमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गर्न आग्रह गरिन् ।

राष्ट्रियसभा सदस्य उतोल तामाङले दुर्गमका जनताले बोलेको राज्यले नसुन्ने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराए । उनले मुगुको विकासमा ध्यान दिन पनि माग गरे । त्यस्तै तारादेवी भट्टले कंञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ९ मा भारतीय सुरक्षाकर्मीले महत्वपुर्ण सम्पदालाई आफ्नो कब्जामा लिई स्थानीयलाई दुख दिने गरेको भन्दै भारतीय ज्यादती विरुद्ध तत्काल एक्सन लिन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ताभित्रको असन्तुष्टि संसद्‌मा छताछुल्ल

कांग्रेसको आरोप: सभामुख अर्यालले संसदीय मर्यादा उल्लंघन गरेको दाबी

सम्बन्धित

बालेनको अभ्यास कार्यकारी राष्ट्रपतिको अमेरिकी मोडेलको जस्तो भयो– शंकर पोखरेल

हर्कराज राईको कडा अभिव्यक्ति: बालेन्द्र साहको राजीनामा माग

इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु

फेसबुकमा सिनियर अफिसरको तस्बिर राखेर ‘तिमीहरूले मलाई मारेउ’ लेखेका बैंकर मृत भेटिए

आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदरावाद प्लेअफमा

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com