ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख महरा र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता


admin

काठमाडौँ, २६ वैशाख । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा दुई देश बीचको मित्रता, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री संघ लगायतका विषयमा विचारविमर्श भएको थियो ।

भेटमा सभामुख महराले नेपाल र अमेरिका बीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गर्नुभएको सभामुखका सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो ।

संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर नेपालले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

“संविधान निर्माणपछि हामीले तीन चरणका निर्वाचन सम्पन्न गरी तीनै तहमा सरकार निर्माण गरिसकेका छौं”, सभामुख महराले भन्नुभयो, “अब हाम्रो मुख्य प्राथमिकता भनेको संविधानको मर्मअनुरुप ऐन कानून निर्माण गर्नु हो, अहिले हामी कानून निर्माणतर्फ बढी केन्द्रित छौँ ।”

सभामुख महराले संसद्को दोस्रो अधिवेशन भर्खरै शुरु भएको जानकारी दिँदै सरकारले नीति, कार्यक्रमसहित आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्ने, संसद् नियमावली बनाउनेदेखि थुप्रै नयाँ कानूनहरु निर्माण गर्नुपर्ने भएकाले अहिलेको अधिवेशन निकै महत्वपूर्ण भएको बताउनुभयो ।

संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री संघ गठन गर्न आफू इच्छुक रहेको बताउँदै उहाँले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मात्रै नभई राजनीतिक सम्बन्ध पनि प्रगाढ बनाउने धारणा व्यक्त गर्नुभयो ।

सभामुख महराले अमेरिकी सरकारले अमेरिकी सहयोग नियोग (युएसएड)मार्फत आर्थिक सहायता प्रदान गरिरहेको भन्दै त्यसको निरन्तरताका लागि पनि आग्रह गर्नुभयो ।

सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत टेप्लिजले विधिको शासन र लोकतन्त्रप्रति नेपाल प्रतिबद्ध रहेकाले अब बन्ने कानूनहरु बढीभन्दा बढी समावेशी र लोकतान्त्रिक बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

“नयाँ कानून बनाउँदा जति सक्यो समावेशी र बलियो बनाउन अमेरिकामा सार्वजनिक सुनुवाइको परम्परा पनि छ”, उहाँले भन्नुभयो, “तपाईंहरुले पनि नयाँ कानून बनाउँदा अमेरिकाको अभ्यास र अनुभव उपयोगी हुनसक्छ ।”

राजदूत टेप्लिजले आफूहरुको प्राथमिकता आर्थिक सुधारको क्षेत्र, मानव बेचबिखन, न्यायालयको सुधार, कृषि तथा ऊर्जासम्बन्धी क्षेत्रहरु भएको भन्दै त्यस क्षेत्रका ऐन कानून निर्माणमा विश्वव्यापी लोकतन्त्र र मानवअधिकारका मान्यताहरुमा नेपाल सहमत भएकोमा आफू विश्वस्त रहेको बताउनुभयो ।

भेटवार्तामा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, प्रवक्ता डा भरतराज गौतम लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाभर ट्रम्प–विरोधी प्रदर्शनहरू

बिल गेट्स र नरेन्द्र मोदीको सम्वन्धमा कुनै आलोचनान्तमक शब्द छैन : न्यूयोर्क टाइम्स

भाइरसले अल्जाइमर रोगलाई कसरी ट्रिगर गर्छ भन्ने नयाँ खोज

स्पेनका पूर्वप्रधानमन्त्री लेख्छन् : ‘ट्रम्पको दृष्टिकोण विश्वस्तरमा अलगाववादी’

भारत, ट्रम्प २ः० बाट लाभान्वित भइरहेको छ

अर्को आणविक युगको लागि तयार होऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com