जनकपुर२६ वैशाख । बुधबार बिहान आएको हावाहुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन पछि हुन लागेको जनकपुर भ्रमणका लागि बनाइएको स्वागत द्वार उडाएको छ । वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतका लागि आयोजकले बनाएको स्वागत द्वार ढलेको हो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । हावाहुरी सडकको पण्डाल खसेपनि अभिनन्दन हुने स्थानमा कार्यक्रम स्थलमा पानी जमेको छ ,खासै क्षति भने नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जानकारी दिए । ।
प्रतिक्रिया दिनुहोस्