ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जिन्दगी यस्तै रहेछ, जनताले अध्यक्षले केही गरेन मात्रै भन्छन्’– नदी किनारमा भेटिएको डायरी


एबीसी न्यूज

रामेछाप, २५ वैशाख । रामेछापका उमाकुण्ड गाउँपालिका वडा नम्बर –५, लिखु नदी किनारमा भटिएको एक डायरीमा ‘जिन्दगी यस्तै रहेछ, जनताले अध्यक्षले केही गरेन मात्रै भन्छन्’ भन्ने लेखिएको छ । उक्त डायरी उमाकुण्ड गाउँपालिका वडा नम्बर –५, प्रितीका वडा अध्यक्ष कुवेर खत्रीको रहेको प्रहरीले जानकारी दिएको छ ।

नदी किनारमा फेला परेको अध्यक्ष केसीको डायरीमा ‘जिन्दगी यस्तै रहेछ, जनताले अध्यक्षले केही गरेन मात्रै भन्छन्, अझै अध्यक्षले गर्नुपर्ने काम धेरै नै बाँकी रहेको छ । बाँकी रहेका अधुरा कामहरु सबै क्रमशः पूरा गरिदिनु’ लेखिएकोे उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

उनि मंगलबार बिहानदेखि हरायका छन् । सधैँ झैँ मंगलबार बिहानै गाउँपालिकामा ‘कार्यपालिकाको बैठकमा ११ बजे नै पुग्नु पर्ने छ’ भन्दै बिहान ७ बजे नै घरबाट हिँडेका केसी दिउँसोसम्म पनि बैठकमा पुगेनन् । त्यसपछि गाउँपालिकाका प्रमुखलगायतका पदाधिकारीहरुले केसीको मोबाइलमा सम्र्पक गर्दा समेत फोन नउठेपछि अध्यक्ष केसीको घरपरिवारमा सोधखोजपछि खोजी कार्य भइरहेको छ । उनी दश महिनाअघि भएको चुनावमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

घरमा सोधखोजपछि परिवारका सदस्यहरुले कार्यपालिकामा बैठक छ भनी बिहानै घरबाट मोटरसाइकल लिएर हिँडेको र त्यसपछि घरमा सम्पर्क नभएको बताएपछि गाउँपालिकाका प्रतिनिधिहरुले उनको खोजी कार्य जारी राखेका छन् । खोजी गर्ने क्रममा उमाकुण्ड गाउँपालिका वडा नम्बर –५, लिखु नदी किनार रोडमा वडाध्यक्ष केसीले चलाएको मोटरसाइकल, लगाएको ज्याकेट, चप्पल, घडी, नोट डायरीलगायतका सामग्री भेटिएकोे प्रहरीले जनाएको छ ।

अध्यक्ष सुनुवारले दिउँसोदेखि नै स्थानीय जनप्रतिनिधिहरु, प्रहरी, स्थानियलगायतको सक्रियतामा वडाध्यक्ष केसीको खोजी कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com