ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण’ राजदूत युसुफ


admin
बैशाख २४, २०७५ सोमबार   ४ : ३०   बजे

पोखरा, २४ वैशाख । नेपालस्थित कतारका राजदूत युसुफ बिन महमद अलहेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीस्थित बराह माविद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले नेपाली नागरिकले कतारमा पु¥याएको योगदान अविष्मरणीय भएको बताउनुभयो ।

नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतारबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै राजदूत युसुफले नेपालको विकासमा कतार सधैँ तयार रहेको बताउनुभयो ।

कतारमा रोजगारीमा रहेका पाँच लाख नेपाली नागरिकबाट वार्षिक दुई खर्ब डलर विप्रेषण नेपाल भित्रिने गरेको बताउँदै उहाँले नेपालसँग सहमति भएअनुुसार नेपाल र कतारले वाणिज्य क्षेत्रमा समेत संयुक्त रुपमा काम गर्ने बताउनुभयो ।

अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै उहाँले कुनै पनि देशका नागरिकका लागि शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गौतम, अकबल अहमद शाह, अलि मिहान द्रादी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

विसं २०२४मा स्थापित बराह माविमा सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षातर्फ भेटेनरी र कृषि विषयको अध्यापन हुँदै आएको छ ।

विद्यालयमा हाल ३७० जना विद्यार्थी अध्ययन गर्दै आएको र यो वर्ष विद्यालयले स्वर्ण महोत्सव वर्षका रुपमा मनाएको विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group