ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीलाई अपहरण गर्ने भारतिय अपहरणकारी छुटाउन चौकीमा आक्रमण, ५ नेपाल प्रहरी घाईते


एबीसी न्यूज

पर्सा, २४ बैशाख । जीराभवानी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवामा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् ।

प्रहरी चौकी महादेवपटीमा कार्यरत प्रहरीलाई अपहरण गर्न खोजेको आरोपमा चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छुटाउन खोज्दा प्रहरी र बासिन्दाबीच सोमबार बिहान ३ बजे झडप भएको हो ।

झडपमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, ईलाका प्रहरी कार्यालय पोखरीयाका, प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा, प्रहरी चौकी सुवर्णपुर प्रहरी जवान जयप्रकाश यादव घाइते भएका हुन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरिरुक्षक राजन लिम्बुले जानकारी दिएका छन ।

भारतको बेतिया जिल्ला भंगहा थाना अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतो आइतबार दिउँसो नेपाल आएर मदिरा सेवन गरेर पुनः भारत फर्कदै गर्दा चेकजाँचको क्रममा प्रहरुसिँग विवाद गरेका थिए । मोटरसाइकल फर्केका उनीहरुले चेक जाँचको क्रममा सीमावर्ती प्रहरी चौकी वलुवामा खटिएका प्रहरीलाई गाली गलौज गर्दै अपहरण गरेका थिए ।

उनीहरुले प्रहरी हवलदार बिरबहादुर गुरुङ अपहरण गरी भारततर्फ लैजादै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । प्रहरीलाई नै अपहरण गरेको आरोप लगाउदै चारै जना भारतीयलाई प्रहरीले कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय सेढवामा पठाएको थियो ।

भारतीय इष्टमित्रलाई नेपाल प्रहरीले पक्राउ गरेको भन्दै सेंढवाका आफन्त तथा स्थानीयले राति साढे ८ बजेबाट प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीको बिरुद्धमा नाराबाजी गरेका थिए । पक्राउ परेका भारतीय नागरिकलाई रिहा गर्न माग गर्दै बास्निदाले प्रहरी कार्यालय घेराउ गरेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकमीृ परिचालन गरिएको थियो ।

स्थानीयले प्रहरी विरुद्ध नाराबाजी र प्रदर्शन गर्ने क्रममा प्रहरी चौकी जानकी टोलाको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाइकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाईकल जलाइदिएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय गाडी समेत तोडफोड गरेका छन् । स्थानीयवासी तोडफोड र आगजनीमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन २३ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । थप क्षति हुन नदिन इलाका प्रहरी कार्यालय वरिपरी व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com