ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशलाई सम्वृद्धि तर्फ लैजान बिभाजित नहोऔं– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
बैशाख २३, २०७५ आईतबार  १ : १७ बजे

पोखरा, २३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई सम्मृद्धि र विकास तर्फ लैजान राजनीतिक दलहरु सत्ता पक्ष र प्रतिपक्षको रुपमा बिभाजित हुन नहुने बताएका छन् । देशको विकासका लागि सबै सत्तापक्ष हुनुपर्ने उनले बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को नवनिर्वाचित नेतृत्वको आयोजित पदस्थापन कार्यक्रममा अध्यक्ष प्रचण्डले विकास, समृद्धि र स्थायीत्वका लागि सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुको विकल्प नभएको बताए ।

भूकम्पपछि देश संकटमा परेको बेला आफूले सत्तापक्ष र प्रतिपक्षबीचको खाडल भत्काएको बताउँदै प्रचण्डले भने, ‘अहिले पनि सत्तापक्ष र प्रतिपक्ष बिभाजित हुनुहुँदैन, विकास, समृद्धि र स्थायीत्वको लागि सबै सत्तापक्ष हुनुपर्छ र यसमा सबै आउनुपर्छ ।’

उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नसक्ने खालका शब्दहरु कतै प्रयोग गर्न नहुने धारणा समेत राखे । उनले भने, ‘प्रेस स्वतन्त्रतालाई कुठित गर्न सक्ने वा, तर, यदि लगायतका शब्द राख्न हुन्न भन्ने पक्षमा म छु, यसले भविष्यमा प्रेस स्वतन्त्रतामा अंकुश लगाउने ठाउँ दिन सक्छ ।’
उनले सत्ता पक्ष र राजनीतिक दल दललाई चेक एण्ड ब्यालेन्समा राखिराख्न पनि प्रेस स्वतन्त्रता आवश्यक रहेकोमा जोड दिए ।

अध्यक्ष प्रचण्डले युद्ध र शान्ति प्रक्रियामा कहिलेकाहिँ कमजोरी भएपनि पत्रकारितालाई कहिल्यै आग्रह वा पूर्वाग्रहमा राखेर काम नगरेको उनले स्पष्ट पारे । उनले प्रेसलाई बलियो बनाउनको लागि भनेरै आफू प्रधानमन्त्री हुँदा लोककल्याणकारी विज्ञापनलाई दोब्बर बनाएको, आफ्नै पालामा पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने ब्यवस्था गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com