ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री


एबीसी न्यूज
बैशाख २२, २०७५ शनिबार  ४ : ५४ बजे

 

बनेपा, २२ वैशाख ।  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताद्वारा अनुमोदित भएर बनेको लोकतान्त्रिक सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु ठूलो भूल हुने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाको ‘वार्षिक साधारणसभा तथा प्रदेशसभा निर्वाचन’ कार्यक्रममा बोल्नुहँुदै उहाँले राणा, पञ्चायत र राजा तथा प्रतिगमन फालेर त्यसको नेतृत्व गरेर जनताद्वारा अनुमोदित भएर आएको सरकारले त्यसो गर्न नसक्ने बताउनुभयो ।

उहाँले पत्रकारलाई त्यसरी नसोच्न आग्रह गर्दै सरकारले गर्न लागेको राम्रो काममा सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले सरकारले श्रमजीवि पत्रकारका बारेमा सोचेको र सोसल साइड र अनलाइन मिडियाको परिभाषा खोजेकोसमेत बताउनुभयो । उहाँले पत्रकारिताको नाममा केही मिडियाले मान्छेलाई आत्महत्या गर्न बाध्य बनाइने खालको कुरासमेत छाप्ने गरेको उल्लेख गर्नुहुँदै त्यस्तो मिडिया मिडिया हुन नसक्ने तर्क गर्नुभयो ।
उहाँले कानून जहाँ पनि हुने भएकाले कानून बन्न लाग्यो भन्दैमा मिडियालाई नियमन गर्नेगरी कानून नबन्ने उहाँको भनाइ छ ।

उहाँले पछिल्लो चरणमा कर्पोरेट कल्चर विकसित हुँदै गएको र स्वरोजगार कल्चर कमजोर हुँदै गएको बताउनुभयो ।
राज्यमन्त्री बाँस्कोटाले अब सरकारले महिना मरेपछि श्रमजीवि पत्रकारले बैंकिङ प्रणालीबाट खातामा पैसा पाउनुपर्छ भन्ने कुरालाई अगाडि सारिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रदेशको निर्वाचन पछि नेपाल पत्रकार महासंघ पूर्णरुपमा संघीय ढाँचामा जाने बताउनुभयो । अहिलेको सरकारबाट प्रेस स्वतन्त्रतामाथि आँच आउँदैन भन्ने कुरामा महासंघ ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँले केही सञ्चारमाध्यमले चरित्र हत्या गर्ने खालको कुरा लेख्यो भन्दैमा राम्रो काम गरिरहेका आम पत्रकारमाथि आक्षेप लगाउन नमिल्ने बताउनुभयो ।
पत्रकार महासंघको सदस्य हुनेले पत्रकार आचारसंहिताको पालना गर्नैपर्छ, त्यो महासंघको विधानभित्र राखेका छन्, त्यसलाई नमान्ने व्यक्ति पत्रकार हुन सक्दैन”, आचार्यले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सम्मान गरेको थियो ।

साथै उक्त अवसरमा टिपी शर्मा ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ र ‘कोशीपारि पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कारबाट सम्मानित हुनेमा पत्रकार मोतिराम तिमल्सिना, रमा दाहाल र रक्तिम उजाडलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com