ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख महरा र बेलायतका राजदूतबीच भेटवार्ता


admin

काठमाडौँ। सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले आज सभामुखको कार्यालय सिंहदरवारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा सभामुख महराले बेलायतसँग नेपालको सम्बन्ध धेरै पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्यमा अझ वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको भन्दै सभामुख महराले आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

बेलायत सरकारले नेपालमा शिक्षा, सुरक्षालगायतका क्षेत्रमा राम्रो सहयोग गरिरहेको भन्दै सभामुख महराले शान्ति प्रक्रियादेखि भूकम्पको बेला गरेको सहयोग र पहलप्रति पनि धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले गोरखा सैनिकको समस्या समाधान गर्न दुवै देशले छलफल गरी उनीहरुको हितमा काम गर्नुपर्ने भन्दै समझदारी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

सभामुखसँगको भेटमा बेलायती राजदूत मोरिसले प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभयो । बेलायत र नेपालको सम्बन्ध निकै पुरानो र गहिरो रहेको भन्दै राजदूत मोरिसले आगामी दिनमा यो सम्बन्धलाई अझै दिगो र सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाभर ट्रम्प–विरोधी प्रदर्शनहरू

बिल गेट्स र नरेन्द्र मोदीको सम्वन्धमा कुनै आलोचनान्तमक शब्द छैन : न्यूयोर्क टाइम्स

भाइरसले अल्जाइमर रोगलाई कसरी ट्रिगर गर्छ भन्ने नयाँ खोज

स्पेनका पूर्वप्रधानमन्त्री लेख्छन् : ‘ट्रम्पको दृष्टिकोण विश्वस्तरमा अलगाववादी’

भारत, ट्रम्प २ः० बाट लाभान्वित भइरहेको छ

अर्को आणविक युगको लागि तयार होऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com