प्रहरी स्रोतका अनुसार साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । साढे ३३ केजी सुन तस्करी एवं उर्लाबारीका सनम शाक्यको हत्या योजनाकार उप्रेतीले नै महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकारीलाई घटना बारे जानकारी गराएका थिए । तर, टोली विराटनगर पुग्दा नपुग्दै उनी फरार भइसकेका थिए ।
महाशाखाका अधिकारीले ५ करोड रुपैयाँको डिलिङमा शाक्यको शव व्यवस्थापन गर्ने जिम्मेवारी लिएको आरोप लागेको छ ।
यद्यपि, महाशाखाका तत्कालिन प्रमुख दिवेश लोहोनीले भने त्यसलाई नकार्दै आएका छन् । उनले गोरेसँग मिले जस्तो गरेर उनलाई नै नियन्त्रणमा लिने योजना रहेको दाबी गर्दै आएका छन् ।
हरेक गतिविधि तत्कालिन महानिरीक्षक प्रकाश अर्याललाई जानकारी गराएरै भएको भन्दै तत्कालिन महाशाखा प्रमुख लोहोनीले सरकारद्वारा गठित छानबिन समिति समक्ष बयान दिएका छन् ।
सोही आधारमा अर्याललाई समेत समितिले शंकाको घेरामा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्