ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सद्भाव भड्काउने गतिविधि सह्य हुन्नः प्रधानमन्त्री


एबीसी न्यूज
बैशाख १०, २०७५ सोमबार   ८ : ५८   बजे

 

काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपालीबीचको सद्भाव भड्काउने कुनै पनि गतिविधि सह्य नहुने बताउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल र नेपाली जनता एकापसमा मिलेर बसेकाले कोही कसैको पनि गलत गतिविधि क्षम्य हुँदैन भन्नुभयो ।

सामाजिक सद्भाव कायम राख्दै सबै क्षेत्रलाई मिलाएर लैजाने पक्षमा आफू रहेको उहाँको भनाइ थियो । लोकतन्त्र जनताको व्यवस्था भएकाले यसैमा नै सबैको समृद्धिको सपना पूरा हुने प्रधानमन्त्रीको कथन थियो ।

वर्तमान सरकारले शुरु गरेको आर्थिक समृद्धि र सुशासनको योजनालाई केही मान्छेले नबुझेको टिप्पणी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले रेल चलाउने, पानी जहाज चलाउने कुरा गरेको छु । समृद्धिको विषयलाई प्राथमिकतामा राखेको छु तर केही बुद्धिजीवी जनताको कुरा खोई भन्दै हिँडेका छन् । सरकार जनताका पक्षमा काम गर्छ । समृद्धिको सपना पूरा गरेरै छाड्छ । विकास र समृद्धिको विषयलाई लिएर अनावश्यक बुद्धिविलास नगर्न म आग्रह गर्छु ।”

सही नीति, सिद्धान्त, कार्यक्षमता र विचारका आधारमा एमालेप्रति जनताको आकर्षण बढेको र आगामी दिनमा थप आकर्षण थपिने उल्लेख गर्नुभयो । एमाले नीति र सिद्धान्तको मात्रै टेको लगाएर नबस्ने बरु जनचाहना र देशको आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
पूर्वसांसद र राजदूत एमालेमा
कार्यक्रममा पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेत्री लीला भण्डारी एमालेमा प्रवेश गर्नुभएको छ । भण्डारीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद् सुकदैया चौधरीलगायत १७५ नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । भण्डारी विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)बाट संविधानसभामा निर्वाचित हुनुभएको थियो । उहाँ पछिल्लो समय डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा हुनुहुन्थ्यो ।

पूर्वमन्त्री भण्डारीले राजनीतिक परिवर्तनका लागि आफूले माओवादी जनयुद्धमा लागेर योगदान गरे पनि अब आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक देखेको बताउँदै नयाँ शक्तिसमेत एक दिन एकता प्रक्रियामा आउने विश्वास व्यक्त गर्नुभयो । नवप्रवेशीलाई एमाले अध्यक्ष ओलीले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group