ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नायिका प्रियंका धम्की युक्त पत्र , ज्ञानेश्वरको घर छोड्दै


एबीसी न्यूज
बैशाख ८, २०७५ शनिबार   १ : ४५   बजे

काठमाडौं, ८ वैशाख । नायिका प्रियंका कार्की ज्ञानेश्वरस्थित पुख्र्यौली घर छोड्ने तयारीमा छिन् । उनी परिवारसहित त्यहाँबाट अन्त सर्न लागेकी हुन् ।
घर साँघुरो भएको महसुस गरेर २\३ वर्षदेखि प्रियंकाको परिवारले अन्यत्र घर खोजिरहेको थियो । तर पछिल्लो समय फ्यानहरु घरमै आएर हैरान बनाएपछि यथासिघ्र सर्नुपर्ने अवस्था आएको हो ।
‘म पहिले सामान डेलिभरी वा अरु प्रयोजनका लागि जोसुकैलाई आफ्नो घरको ठेगाना दिने गथेर्ँ, तर त्यसो गर्नु नहुने रहेछ,’ प्रियंकाले भनिन् ।
‘अब त म चेतिसकेँ, आफ्नो घरको एड्रेस सार्वजनिक गर्दिन,’ उनले भनिन् ।

उनलाई भेट्न भन्दै धेरै अपरिचित व्यक्तिहरु घरमै आउने गरेका छन् । तीमध्ये एक जनाले त हदै गरे । आफूलाई फ्यान बताउने ती व्यक्ति बारम्बार घरमा आएपछि प्रियंकाका बाबुले आइन्दा नआउन सम्झाए । तर, उनले टेरेनन् ।करिब एक महिना अगाडि उनी एउटा चिठी नै बोकेर आए । त्यो चिठी प्रियंकाको घरमा काम गर्ने दिदीलाई छोडेर गए ।

चिठी खोलेर हेर्दा त्यहाँ चेतावनीयुक्त सन्देश रहेछ ।प्रियंकालाई सम्बोधन गर्दै उनले चिठीमा लेखेका छन्, ‘म तिमिीलाई धेरै माया गर्छु । तर, मैले पटक÷पटक प्रयास गर्दा पनि तिमीले भेट गर्न चाहिनौ । अब यसको नतिजा राम्रो हुनेछैन ।’ सो चिठी पढेर प्रियंका र उनको परिवार चिन्तित बनेका छन् । पछि उनले दुख दिन सक्ने बुझेर बाबुले कमल पोखरी प्रहरीलाई स्ट्यान्डबाई राखेको प्रियंकाले बताइन् । ‘म आफ्ना फ्यानसँग भेट्न अनिच्छुक होइन, तर ती व्यक्तिको इन्टेनसन गलत देखियो,’ प्रियंकाले भनिन्, ‘भेट्ने नाममा फ्यानहरु घरमै आएको पनि त ठिक होइन नी ।’ उनले अब सामान वा कार्ड डेलिभरीको लागि आफ्नो एड्रेस दिन छोडेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group