ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य क्षेत्रमा नयाँ नियम, नबुझ्ने गरी औषधिको नाम लेखे चिकित्सकलाई कारवाही


एबीसी न्यूज
बैशाख ७, २०७५ शुक्रबार   ८ : १४   बजे

काठमाडौं, ७ वैशाख । स्वास्थ्य संस्था तथा चिकित्सकहरुले अब बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन अर्थात औषधिको सिफारिस लेख्न नपाउने भएका छन् ।
नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद् तथा औषधि व्यवस्था विभागका प्रतिनिधिहरुबीच शुक्रबार बसेको बैठकले बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्ने निर्णय गरेको छ । नेपाल मेडिकल काउन्सिलले सूचना निकालेर औषधिको नाम, औषधि खानुपर्ने समय तथा अवधि राम्रोसँग बुझिने भाषा, अक्षरमा छापेर वा लेखेर दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको छ । नेपाल मेडिकल काउन्सिलले आफ्नो आचारसंहिता २०७३ अनुसार कार्य गर्न सबै चिकित्साकर्मी र स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा प्रदायक संघसंस्थालाई निर्देशन दिएको हो ।

त्यस्तै प्रेस्क्रिप्सन लेख्दा चिकित्सक वा अधिकार प्राप्त स्वास्थ्यकर्मीको आफ्नै पहिचान खुल्ने नाम, थर तथा सम्बिन्धत कार्यालयमा दर्ता भएको प्रमाणपत्र नम्बर समेत खुल्ने गरी लेख्नुपर्ने काउन्सिलले जनाएको छ ।

त्यस्तै औषधि बिक्रि गर्दा बिक्रेताले प्रेस्कृप्सनमा उल्लेख गरिएको औषधि नै बिक्रि गर्नुपर्ने छ । स्वास्थ्य सेवा प्रदायक संस्थाले बिरामी जँचाएको अभिलेखहरु बिरामीको अन्तिम पटक स्वास्थ्य परीक्षण गरेको समयले कम्तिमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group