गएको माघ महिनामा ज्यान मार्ने उद्योगमा उनलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो । काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार उनले २ वर्षको सजाय भोगिसकेकाले अब ३ वर्ष उनी जेलमा रहनेछन् । २०७८ साल वैशाख ६ गतेसम्म उनी जेलमा रहनेछन् ।
के हो दीपक मनाङ्गेको मुद्दा ?
२०६१ सालमा दीपक मनाङ्गेको समूहले अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्यो । सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो ।
प्रतिक्रिया दिनुहोस्