काठमाडौं, ६ वैशाख, । प्रदेश ४ का प्रदेशभासभा सदस्य दीपक मनाङ्गे पक्राउ परेका छन् । फरार सूचिमा रहेको अभियुक्त मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् । प्रहरीले भने रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्रचार समेत गरिसकेको थियो ।
प्रतिक्रिया दिनुहोस्