काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना कार्यकर्तालाई सरकारी हस्तक्षेपका विरुद्ध लड्न तयार रहन निर्देशन दिएका छन् । संसारमा असफल भइसकेको कम्युनिष्ट शासन नेपालमा ल्याउने कोसिस भइरहेको हुदाँ त्यसका विरुद्ध लड्नु पर्ने बताएका छन् । तर, कम्युनिष्ट शासन ल्याउन सजिलो नभएको उनले बताए ।
नेवि संघले स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले सबैतिर हस्तक्षेप गरेको भन्दै सरकारको आलोचना गरे । प्रजातन्त्र र बहुदलीय व्यवस्थामाथि खतरा उत्त्पन्न भन्दै उनले भने, ‘सारा कुरामा हस्तक्षेप गर्ने उद्देश्य बोकेको छ, त्यसविरुद्ध लड्न तयार हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्