ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुपचुप कम्पनी दर्ताको तयारी गर्दै यातायात समिति


एबीसी न्यूज

काठमाडौं, ६ वैशाख। सेन्डिकेट विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने थालेपछि समितिहरु गुपचुप रुपमा कम्पनीमा दर्ता प्रक्रियामा आउन थालेका छन् । कम्पनीमा जानैपर्ने भएकाले उनीहरु कानुनी परामर्शमा जुटेका छन् ।
केही समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम ‘रिजर्भ’ गरिसकेका एक स्रोतले जानकारी दिएको छ । त्यसमध्येको एक हो, अरनिको यातायात सेवा समिति । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्याल पुगेको छ ।

घोषित आन्दोलनलाई समर्थन गरेको र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भनेपछि मात्रै कम्पनीमा दर्ता हुने समितिका अध्यक्ष श्याम लामाले बताएका छन् । ‘तत्कालै कम्पनीमा जाने होइन, महासंघले भन्यो भने मात्रै हामी जाने हो,’ उनले भने, ‘पहिले आन्दोलनमा होमिन्छौं । भएन भने विकल्प सोच्नुपर्छ ।’ यता कम्पनी रजिष्ट्रारको कार्यालय स्रोतकाअनुसार अरनिको यातायातले कम्पनीका लागि नाम ओगटेको छ । यो समितिसँग हाल ६५० भन्दा बढी गाडी आवद्ध छन् ।

सबै समितिलाई कम्पनीमा जानैपर्ने बाध्यकारी स्थिति आए आफ्नो नाम अरुले खोस्ने डर व्यवसायीलाई छ ।
समितिका पदाधिकारी पनि पनि नाम रिजर्भ गर्न कार्यालयमा पुग्न थालेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका एक कर्मचारीका अनुसार व्यवसायीहरु दर्ता प्रक्रिया बुझ्न र नाम रिजर्भ गर्न आउन थालेका छन् ।

नियमअनुसार कुनै नाम ओगटेको ३५ दिनभित्र कम्पनीको प्रवन्धपत्रसहित कागजात रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ । यो समय सीमाभित्र विधानसहितका कागजात पेश नभए रिजर्भ भएको नाम अन्यले पनि लिन पाउँछन् । कार्यालयका कानुन शाखा हेर्ने उपरजिष्ट्रार राजेन्द्र थापा यातायात व्यवसायीहरु कम्पनी दर्ताको कानुनी प्रक्रिया बुझ्न आउन थाल्नु सुखद् भएको बताउँछन् । अब यातायात समितिहरु पनि कम्पनी दर्तामा आउने संकेत मिलेको उनको भनाइ छ ।

‘ठूला समितिका व्यवसायी आइसक्नु भएको छैन । तर, साना व्यवसायीहरु भने दर्ता गरिसकेको कम्पनी कसरी चलाउने, के(के प्रक्रिया छन् भन्ने बुझ्न आउन थाल्नुभएको छ,’ उनले भने, ‘विस्तारै यातायात कम्पनी दर्ता हुने क्रम बढ्ने अपेक्षा छ ।’

कम्पनीका रुपमा दर्ता भएर यातायात व्यवस्था विभागमा सय वटा पनि कम्पनी पञ्जीकरण भएका छैनन् । ठूलो व्यवसायका रुपमा चिनिएको यातायात क्षेत्र संघरसमितिकै नाममा चलिरहेको छ । तर, सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि व्यवसायीले बाध्य भएर कम्पनीको बाटो रोज्न सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीबाट सर्वसाधारण निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक

शिक्षक आन्दोलन आज पनि निरन्तर, ऐन जारी नभएसम्म नफर्किने अडान

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com