ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाखभित्र सबै स्थानीय तहमा कर्मचारी पठाउने , अटेर गर्नेलाई दुर्गममा खटाइने – मन्त्रालय


एबीसी न्यूज

काठमाडौ, ५ वैशाख । सरकारले स्वेच्छिक अवकास योजना स्थगित गर्दै वैशाखभित्र सबै स्थानीय तहमा कर्मचारी खटाउने तयारी गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि कर्मचारीको सजिलोकालागि घरपायक जागिर दिने योजना पनि ल्याएको छ। सोमबार एक सूचना निकाल्दै मन्त्रालयले कर्मचारीलाई घरपायक जागिर रोज्न दुई हप्ताको समय दिएको छ। वैशाख २१ गतेबाट निवेदन रूजु गरेर मन्त्रालयले रिक्त स्थानमा उपयुक्त कर्मचारीलाई खटाउने तयारी गरको मन्त्रालयले जनाएको छ। सूचनाअनुसार वैशाख १८ गतेसम्म आफू काम गर्न चाहेको स्थानीय तह उल्लेख गरी कर्मचारीले निवेदन दिनुपर्नेछ।

कर्मचारीले आफू जान चाहेको पाँच जिल्लाका १५ स्थानीय तहको नाम निवेदनमा लेख्नुपर्छ। कर्मचारीले निवेदनमा उल्लेख गरेको पहिलो नम्बरकै स्थानीय तहमा खटाउने मन्त्रालयको तयारी छ। काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीले आफू कार्यरत कार्यालयमै निवेदन बुझाउन पाउँछन्।

कार्यालयमा प्राप्त भएको निवेदन सम्बन्धित सेवा दिने मन्त्रालयमा निवेदकको सूचीसहित पठाउन मन्त्रालयले निर्देशन दिएको हो। काठमाडौंबाहेक जिल्लाका निकायमा कार्यरत कर्मचारीले पनि आफ्नै कार्यालयमा निवेदन दिन सक्छन्। कर्मचारीबाट प्राप्त निवेदन कार्यालयले संकलन गरी जिल्ला समन्वय समितिमा पठाउनु पर्छ। विभिन्न कार्यालयबाट प्राप्त कर्मचारीको निवेदनसहित विवरण जिससले सम्बन्धित मन्त्रालयमा वैशाख २१ भित्रै पठाइसक्न मन्त्रालयले निर्देशन दिएको हो।

स्थानीय तहमा कर्मचारी खटाउन बनेको मापदण्डलाई मुख्य आधार मानेर कर्मचारी खटाउन लागिएको भएपनि पति÷पत्नी दुबै निजामती कर्मचारी भए दुबैलाई सकेसम्म एउटै स्थानीय तहमा खटाउने तयारी मन्त्रालयको छ। एक वर्षभन्दा साना बच्चा भएका महिला तथा कडा रोग लागेका कर्मचारीलाई सकेसम्म उनीहरुले रोजेकै स्थानीय तहमा खटाउने सूचनामा जनाइएको छ।

कर्मचारीलाई स्थायी रूपमा स्थानीय तहमा खटाउन लागिएको भने होइन। कर्मचारी समायोजन नहुञ्जेल स्थानीय तहको सेवा प्रवाह सहज बनाउन अन्तरिम दरबन्दी खडा गरी कर्मचारी व्यवस्थापन गर्न लागिएको तामाङले बताए।

कर्मचारी समयोजनका बेला यी कर्मचारीलाई अन्यत्र पनि जान सक्छन्। छ महिनाभित्र कर्मचारी समायोजन सक्ने गरी मन्त्रालयले काम अघि बढाएको छ।काठमाडौं उपत्यकाभित्र स्थायी ठेगाना रहेका कर्मचारीले रोजेको स्थानीय तह जान पाउँदैनन्।

मन्त्रालयले सहसचिवदेखि कार्यालय सहयोगीसम्मलाई लक्षित गरी घरपायक जागिर दिने योजना ल्याएको हो। ७५३ स्थानीय तहमा ३६ हजार कर्मचारी चाहिन्छन्। स्थानीय तहमा अहिले १८ हजार कर्मचारीको अभाव छन्।

‘मन्त्रालयमा काम गरिरहेकादेखि अहिले स्थानीय तहमा काम गरिरहेका कर्मचारीका लागि योजना ल्याइएको हो,’ मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले भने, ‘हामी जसरी पनि वैशाख भित्र सबै स्थानीय तहमा कर्मचारी पठाउने तयारीमा छौं।’ उनले आवश्यक कर्मचारीले घरपायकका लागि निवदेन नदिए पहिलाको जसरी नै कर्मचारी खटाइने बताए।

मन्त्रालयले खटाएको ठाउँमा जान अटेरी गर्ने कर्मचारीलाई दुर्गम क्षेत्रका स्थानीय तहमा खटाउने मन्त्रालयको चेतावनी छ।
कर्मचारी खटाएको जानकारी भने मन्त्रालयले वेवसाइटमार्फत् दिने जनाएको छ। स्वेच्छिक अवकास रोजेका ९ हजार ६५६ कर्मचारीलाई दक्षता हेरी स्थानीय तहमा खटाउने मन्त्रालयको तयारी छ। निवेदन दिएकामध्ये २ हजार ६ सय जति कर्मचारीलाई स्थानीय तहमा खटाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com