ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमै विद्यालयमा पुग्ने यिनको अधुरो रहर..


admin

बर्दिया, ५ बैशाख । ‘पढने इच्छा सानै बाट हो , साथीभाई स्कुलमा घन्टि वज्यो भने झन दोडिदै विद्यालय जाने गर्दछन , आफु भने आमाको भर पर्नु पर्छ आफै हिडेर जान सक्ने अवस्था छैन अहिले सम्म कसैले ह्विचियर समेत दिएको छैन ।’ यो भनाई बर्दिया गेरुवागाउपालिका वार्ड न ३ लोहापुरकी १५ वर्षिय सुसिला थारुको हो ।

शारिरिकरुपमा अशक्त रहेकी सुसीलालाई विद्यालय कहिले काहि चाडै पुग्न पाए हुन्थो भन्ने हुन्छ तर आमाले खाना पकाउने खुवाउने काम गरीसकेपछि कपडा लगाउदा ढिलो भैहाल्छ । कहिले काहि त पहिलो घन्टि समेत छुटछ ।

सुसीलाको घर देखि करिब १५ मिनेको दुरिमा छ सरस्वति आधारभुत विद्यालय त्यहि विद्यालयमा कक्षा ७ मा पढ्ने सुसीलालाई दैनिक आमाले विधालय छोड्न जान्छिन् ।

राम थारु र खोज्या थारुकी छैटौ सन्तानको रुपमा जन्मिएकी सुसीला जन्मदै दुवै हात दुवै खुटटा कमजोर थिए। अहिले पनि उनि भित्र बाहिर गर्दा वसेर यताउता गर्छिन। उमेर अनुसार उनको उचाईपनि वढेको छैन । बाहिर कतै जानु पर्रो भने आमाले काखामा राखेर लैजाने गरेकी छिन ।

सुसीलाको विद्यालय नियमित हुदैन । कहिले काहि घरको काम सकिएन भने विद्यालय जान उनि वन्चित हुन्छिन । अनि आमा विरामी परेपछि पनि विद्यालय छुटने गर्दछ । उनको बुवा खेति किसानी गर्दछन १ विघाह ६ कठठा जमिन छ त्यहि जमिनबाट उव्जाएको अन्न बालिले ६ जनाको परिवार पालिने गर्दछ । त्यहि बाकि वचेको अन्न खाद्यान्न वेचेर औषधि खर्च , स्वास्थ्य उपचार खर्च लगायत सवै खर्च चल्ने गरेको छ ।

आर्थिक अभावकै कारण सुसीलाको कहि कतै उपचार नगरिएको बुवा पतिराम थारुले बताए,’ पैसा नै छैन कसरी उपचार गर्नु र ! काम नगरी खान पुग्दैन बालवच्चा पाल्नै पर्रो फेरि उपचार गरेर ठिक होला जस्तो पनि लाग्दैन’ उनि भन्छन् ।

सुसीलाले अहिले सारिरीक अपाङ्ग भएका कारण मासिक २ हजार रुपैया बुझने गरेकी छिन । तर त्यतिले मात्रै उनलाई पुगेको छैन । विद्यालय समयमै पुग्ने ठुलो धोको छ तर कहिलै सकिन आवाज पनि स्पष्ट नआउने सुसीलाले सकी नसकी भनिन् । ‘एउटा ह्विलचेयर भएको भए धेरै सजिलो हुन्थ्यो तर खै कसरी किन्ने हो वावाले पैसा छैन भन्नुहुन्छ’, उनले थपिन ।

यतिखेर सवै विद्यार्थि भर्ना अभियानमा दौडिरहेका छन तर विद्यालय गैरहेकाहरु मध्ये अपाङ्ग वालवालिको अवस्था के छ भनेर कसैले चासो लिएको पाइदैन । यस विषयमा गेरुवा गाउपालिका समेत अनविज्ञ रहेको छ । सुसीलाजस्तै फरक क्षमता भएका विधार्थीको समयमै विधालय पुग्ने चाहना पुरा कहिले हुने हो यसै भन्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com