ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संगठित अपराधका घटनामा संलग्न पाँच पक्राउ


abc

रुपन्देही, ५ वैशाख । रुपन्देहीको विभिन्न संगठित अपराधका घटनामा संलग्न भएको भन्दै प्रहरीले रुपन्देहीका पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचैजना प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका सहयोगी भएको बताइएको छ । पुनले उनीहरुलाई सुराकीका रुपमा प्रयोग गरेका थिए ।

बुटवल र देवदहका विभिन्न स्थानबाट मंगलबार पक्राउ परेका उनीहरुलाई आज इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ शिवनगर निवासी उत्तम आचार्य, देवदह नगरपालिका–५ बस्ने तुल्सी न्यौपाने र देवदह नगरपालिका–४ निवासी लेखनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका–४ बस्ने हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका–६ का रोशन खड्का रहेको रुपन्देहीका प्रहरी उपरीक्षक श्यामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

देवदह नगरपालिका–४ निवासी लेखनाथ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने आचार्य युथ फोर्सका पूर्व जिल्ला नेता हुन् ।

रुपन्देहीका नारायण बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योग गरेको घटना, देवदहका दुर्गाप्रसाद तिवारीलाई गोली हान्ने प्रयास गरेको र २०७३ पुस ४ गते तिवारीलाई गोली हानी हत्या गरेको घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

यसैगरी २०७४ पुस २१ गते बलु भन्ने वसन्त पौडेललाई गोली हानी हत्या गरेको घटनाका मुख्य योजनाकार मनोज पुन भन्ने मनोज बुढामगर र बिट्टु भन्ने योगेन्द्र सिंहसँग निरन्तर सम्पर्कमा रही जिल्लाका उद्योगी, व्यापारीको विवरण उपलब्ध गराउने र आपराधिक कार्य गराउन उनीहरुले फरक फरक भूमिका निर्वाह गरेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यी घटनामा संलग्न अझै दुईजना फरार छन् उनीहरुलाई पनि छिटै नियन्त्रणमा लिइने छ ।”

जबर्जस्ती चन्दा असुलीलगायत जघन्य अपराध र गम्भीर प्रकारका घटनामा संलग्न भएका उनीहरुलाई कर्तव्य ज्यान मार्ने उद्योग, संगठित अपराध, जबर्जस्ती चन्दा असुली, हातहतियार खरखजाना मुद्दा लगाइने प्रहरीले जनाएको छ ।

कुनै पनि पेशा, व्यवसाय, धर्म र राजनीतिको आडमा गरिने अपराध क्षम्य हुँदैन प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

काठमाडौं, २३ साउन ।  सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको थप अध्ययनका लागि भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

काठमाडौं, २३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर जानुभई दर्शन गरी बेलुकीको आरतीमा सहभागी हुनुभएको छ । मूल मन्दिरभित्र

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ : अध्यक्ष ओली

रौतहट, २३ साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । नेकपा एमाले रौतहटले सदरमुकाम

सम्बन्धित

थप ९ सय ३४ जनामा कोरोना पुष्टि, ४ सय ७० जना निको

न्यायधिवक्ता अधिकारीमाथि उजुरी

विप्लवका ‘बहुमत विद्रोही’र मोहन वैद्यको क्रान्तिकारी माओवादीबीच एकता

कुकुर मारेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ

लैनचौरबाट चिनियाँ नागरिकको अपहरण, डेढ करोड फिरौती माग

अमेरिकी सरकारी पाठ्यक्रममा डा. विष्णुमाया परियार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...