काठमाडौं, ५ वैशाख। तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डी गाउँमा बस्दै आएका लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’ ७५ वर्षको उमेरमा निधन भएको छ । राजामामा निधनको खवर पाए लगतै तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ शोकमा परेको राजामामाका परिवारलाई सान्तवना दिन पुगेका थिए ।
उनले राजामामाको पार्थिव शरीरमा माल्यार्पण गरि काँध थापेका थिए । उनी कुसुन्डा जातिको भाषा बोल्न जान्ने एक्ला व्यक्ति थिए । उनको निधनले लोपोन्मुख कुसुन्डा जातीहरुलाई अपुरणीय क्षति पुगकोमा आफु निकै दुखित भएको सांसद श्रेष्ठले बताए ।
आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ गुरुङले बताँए अनुसार राजा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्