काठमाडौ, ४ वैशाख । देशमा संघीय संसदका नियमवाली बन्ने क्रममा छन् । नियामावली बनिसकेपछि संघीय संसदमा कति संसदीय समिति बन्ने भन्ने टुङगो लाग्नेछ । एमालेका सासंद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङ नेतृत्वको समितिले काम गरिरहेको छ ।
प्रतिनिधि सभा संयोजनक पोखरेलले फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागे र पुर्पक्षका लागि थुनामा राखिए ती सासंदको पद स्वतः जानेगरी व्यवस्था नियमावलीमा राख्न लागिएको बताउनुभयो । मंगलबार काठमाडौमा भएको एक कार्यक्रममा संयोजक पोखरेलले विगतमा मुद्दा लागेर जेलमै रहेपनि ससंद पद रहिरहने व्यवस्था भएको तर, अव व्यवस्था परिवर्तन गरेर मुद्धाको अन्तिम फैसला नभएसम्म निलम्बनको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
फैसलाले सासंद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पदमुक्त हुने व्यवस्था गर्न लागिएको पोखरेलले बताउनुभयो । पोखरेलले भन्नुभयो ‘कुनै सासंद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर संसद पदपूर्ति गर्ने व्यवस्था नियमावलीले गर्छ’, उहाँका अनुसार अबन्ने नियमावलीले महिनाको दुई पटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सासंदहरुले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको समेत बताउनुभयो ।
विगतमा सासंदहरुले बोलेका कुरा रेकर्ड मात्रै हुने तर अर्थ नरहेन परिपाटी भएकाले अबका दिनमा सासंदले उठाएका प्रश्नको महत्व बढ्ने उहाँको भनाई छ । प्रधानमन्त्रीले मात्र नभै सासंदले विशेष र शुन्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने र संसदमा के विषमा बोल्ने भन्ने कुरा पनि एक दिन अगाडि नै सासंदलाई जानकारी दिने व्यवस्था पनि नियमावलीमा राख्न लागिएको समेत उहाले बताउनुभयो।







प्रतिक्रिया दिनुहोस्