ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारी सन्ततिको छात्रवृत्तिमा ७४ करोड खर्च


एबीसी न्यूज

 

काठमाडौं,४ वैशाख । सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडौँ लगानी गरे पनि उनीहरूलाई सरकारी सेवामा आकर्षित गर्न सकेको छैन। सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा वन प्राविधिक बनेका छन्। यो छात्रवृत्तिमा मात्रै सरकारले आव ०७३\७४ सम्म ६० करोड ४१ लाख ४ हजार वितरण गरिसकेको छ। आव ०७४\७५ का लागि थप १४ करोड वितरण गर्ने योजना छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्ति वितरण गर्ने जिम्मेवारी पाएको छ। छात्रवृत्ति पाउने रकम दुई लाखदेखि पाँच लाखसम्म तोकिएको छ।

मन्त्रालयले छात्रवृत्ति वितरणमा आफैंले बनाएको निर्देशिका उल्लंघन गर्दै आएको आरोप पनि छ। निजामती कर्मचारीका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका ०७२ अनुसार छात्रवृत्ति पाएका डाक्टर, इन्जिनियर, नर्स, कृषि, वन प्राविधिकलगायतलाई कोर्स सम्पन्न गरेपछि अनिवार्य सरकारी सेवामा लगाउनुपर्ने प्रावधान छ।

मन्त्रालयले निजामती कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष ०६६र६७ देखि सन्तति छात्रवृत्ति दिन थालेको हो।सात वर्षको अवधिमा ९आव ०६६र६७ देखि ०७३र७४ सम्म० मात्रै कर्मचारीका २ हजार ८ सय ७७ सन्ततिले विभिन्न विषयमा छात्रवृत्ति पाएका छन् भने चालु आव ०७४र७५ मा ७ सयलाई छात्रवृत्ति वितरण गर्ने तयारी छ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले पनि सन्तति छात्रवृत्ति कार्यक्रममा करोडौं लगानी भए पनि सरकारले सोअनुसार प्रतिफल प्राप्त गर्न नसकेको भन्दै सामान्यको ध्यानाकृष्ट गराएको छ। छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई उत्तीर्ण भएको एक वर्षभित्र सरकारले कुनै संस्था(निकायको काममा खटाउन सक्ने निर्देशिकामा व्यवस्था छ।

सरकारले खटाएको काम नगरे वा विषय परिवर्तन गरे छात्रवृत्तिमा प्राप्त गरेको रकम र त्यसको ब्याजसमेत सरकारी बाँकीसरह असुलउपर गरिने व्यवस्था छ। सरकारले छात्रवृत्ति प्रदान गरेपछि सम्बन्धित विद्यार्थीले सोहीअनुसार अध्ययन गरेरनगरेको बारे समेत कुनै अध्ययन गरेको छैन।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले पनि हालसम्म हजारौंलाई छात्रवृत्ति प्रदान गरेर सयौं जनशक्ति उत्पादन भइसक्दासमेत उनीहरूलाई सरकारी काममा खटाउन नसकिएको स्विकारे।

सरकारका विभिन्न निकायमा इन्जिनियर तथा डाक्टरको चरम अभाव छ तर सरकारी छात्रवृत्तिमा पढेर डाक्टर, इन्जिनियर बनेका कसैलाई पनि सरकारले काम लगाउन सकेको छैन।

७५३ वटा स्थानीय तहमध्ये अधिकांशमा प्राविधिक तथा इन्जिनियर अभाव छ। तर, छात्रवृत्तिमा पढेका कर्मचारीका इन्जिनियर छोराछोरीलाई त्यहाँसमेत खटाउन सकेको छैन।

मन्त्रालयका प्रवक्ता सहसचिव न्यौपानेले सन्तति छात्रवृत्तिसम्बन्धी निर्देशिकामा सरकारी काममा खटाउने भन्ने व्यवस्था भए पनि त्यससम्बन्धी स्पष्ट मोडालिटी नभएकाले केही समस्या भएको बताए।

डाक्टर, इन्जिनियरलगायत जनशक्ति अभाव व्यहोरेका निकायले सामान्य प्रशासनसँग माग नगरेकाले पनि सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्ति पाएकालाई खटाउन नसकिएको सहसचिव न्यौपानेले बताए।

प्रवक्ता न्यौपानेले भने, ‘करोडौं खर्चेर छात्रवृत्ति प्रदान गरिएका कर्मचारीका सन्ततिलाई अब सरकारी काममा लगाउने गरी कार्यविधि व्यवस्थित बनाउने गृहकार्य थालिएको छ।’
अन्नपूर्ण पोष्टबाट

काठमाडौं,४ वैशाख । सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडौँ लगानी गरे पनि उनीहरूलाई सरकारी सेवामा आकर्षित गर्न सकेको छैन। सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा वन प्राविधिक बनेका छन्। यो छात्रवृत्तिमा मात्रै सरकारले आव ०७३÷७४ सम्म ६० करोड ४१ लाख ४ हजार वितरण गरिसकेको छ। आव ०७४र७५ का लागि थप १४ करोड वितरण गर्ने योजना छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्ति वितरण गर्ने जिम्मेवारी पाएको छ। छात्रवृत्ति पाउने रकम दुई लाखदेखि पाँच लाखसम्म तोकिएको छ।

मन्त्रालयले छात्रवृत्ति वितरणमा आफैंले बनाएको निर्देशिका उल्लंघन गर्दै आएको आरोप पनि छ। निजामती कर्मचारीका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका ०७२ अनुसार छात्रवृत्ति पाएका डाक्टर, इन्जिनियर, नर्स, कृषि, वन प्राविधिकलगायतलाई कोर्स सम्पन्न गरेपछि अनिवार्य सरकारी सेवामा लगाउनुपर्ने प्रावधान छ।

मन्त्रालयले निजामती कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष ०६६र६७ देखि सन्तति छात्रवृत्ति दिन थालेको हो।सात वर्षको अवधिमा ९आव ०६६र६७ देखि ०७३र७४ सम्म० मात्रै कर्मचारीका २ हजार ८ सय ७७ सन्ततिले विभिन्न विषयमा छात्रवृत्ति पाएका छन् भने चालु आव ०७४र७५ मा ७ सयलाई छात्रवृत्ति वितरण गर्ने तयारी छ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले पनि सन्तति छात्रवृत्ति कार्यक्रममा करोडौं लगानी भए पनि सरकारले सोअनुसार प्रतिफल प्राप्त गर्न नसकेको भन्दै सामान्यको ध्यानाकृष्ट गराएको छ। छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई उत्तीर्ण भएको एक वर्षभित्र सरकारले कुनै संस्था(निकायको काममा खटाउन सक्ने निर्देशिकामा व्यवस्था छ।

सरकारले खटाएको काम नगरे वा विषय परिवर्तन गरे छात्रवृत्तिमा प्राप्त गरेको रकम र त्यसको ब्याजसमेत सरकारी बाँकीसरह असुलउपर गरिने व्यवस्था छ। सरकारले छात्रवृत्ति प्रदान गरेपछि सम्बन्धित विद्यार्थीले सोहीअनुसार अध्ययन गरेरनगरेको बारे समेत कुनै अध्ययन गरेको छैन।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले पनि हालसम्म हजारौंलाई छात्रवृत्ति प्रदान गरेर सयौं जनशक्ति उत्पादन भइसक्दासमेत उनीहरूलाई सरकारी काममा खटाउन नसकिएको स्विकारे।

सरकारका विभिन्न निकायमा इन्जिनियर तथा डाक्टरको चरम अभाव छ तर सरकारी छात्रवृत्तिमा पढेर डाक्टर, इन्जिनियर बनेका कसैलाई पनि सरकारले काम लगाउन सकेको छैन।

७५३ वटा स्थानीय तहमध्ये अधिकांशमा प्राविधिक तथा इन्जिनियर अभाव छ। तर, छात्रवृत्तिमा पढेका कर्मचारीका इन्जिनियर छोराछोरीलाई त्यहाँसमेत खटाउन सकेको छैन।

मन्त्रालयका प्रवक्ता सहसचिव न्यौपानेले सन्तति छात्रवृत्तिसम्बन्धी निर्देशिकामा सरकारी काममा खटाउने भन्ने व्यवस्था भए पनि त्यससम्बन्धी स्पष्ट मोडालिटी नभएकाले केही समस्या भएको बताए।

डाक्टर, इन्जिनियरलगायत जनशक्ति अभाव व्यहोरेका निकायले सामान्य प्रशासनसँग माग नगरेकाले पनि सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्ति पाएकालाई खटाउन नसकिएको सहसचिव न्यौपानेले बताए।

प्रवक्ता न्यौपानेले भने, ‘करोडौं खर्चेर छात्रवृत्ति प्रदान गरिएका कर्मचारीका सन्ततिलाई अब सरकारी काममा लगाउने गरी कार्यविधि व्यवस्थित बनाउने गृहकार्य थालिएको छ।’
अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com