ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा वडा अध्यक्षमाथि मोबिल छर्केर ढुंगा प्रहार


admin

चितवन, २७ चैत । भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष अरुण पीडित भण्डारीमाथि आज आक्रमण भएको छ ।

अपराह्न ४ः३० बजेको समयमा नारायणगढ बजारमा उहाँमाथि अज्ञात समूहले आक्रमण गरेको हो ।घाइते भण्डारीका अनुसार मोबाइल मर्मतका लागि नारायणगढ बजार गएको समयमा आक्रमण भएको छ । सिद्धी आयल अगाडि रोकी राखेको गाडी चढ्न लाग्दा आफूमाथि एक्कासि आक्रमण भएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालमा उपचाररत भण्डारीले भन्नुभयो, “गाडी नजिक पुगेको समयमा एक्कासि पछाडिबाट उडेर के आए जस्तो भयो, म एक्कासी भुइँमा लडेँ, त्यसपछि मोबिल छर्किएर टाउकामा ढुंगा प्रहार गरे ।” आक्रमण गर्ने व्यक्ति होचोहोचो कदको र टोपी लगाएको आफूले प्रष्ट देखेको उहाँले बताउनुभयो ।

आक्रमणकारीले मुख छोपेकाले अनुहार भने प्रष्ट नदेखेको उहाँले बताउनुभयो । भण्डारीको टाउको र कुहिनोमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले आक्रमणकारीको खोजी भइरहेको बताउनुभयो । कसले आक्रमण गरेको हो भन्ने एकीन हुन नसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा १ लाख मतगणना : बालेन पहिलोमा, स्थापित तेस्रोमा, कसको मत कति ?

काठमाडौं, ७ जेठ ।  काठमाडौं महानगरको मतगणना जारी रहेको छ । १ लाख ३४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।

एबीसी टेलिभिजन स्थानीय तहको निर्वाचनको एक्जीट पोल शतप्रतिश मिलाउन सफल

काठमाडौं, ७ जेठ । एबीसी टेलिभिजनले स्थानीय तहको निर्वाचनमा सहभागी रहेका दल लगायत स्वतन्त्र उम्मेदवारले प्राप्त गर्न सक्ने नतिजाको प्रक्षेपण गरेको थियो । एबीसी टेलिभिजनले

एमालेले धेरै जित्यो मेयर र अध्यक्षभन्दा उपमेयर र उपाध्यक्ष

काठमाडौं, ७ जेठ । वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिबार अपरान्हसम्म ६९० पालिकाको अन्तिम परिणाम आइसकेको छ। अहिलेसम्मको

सम्बन्धित

दाङका ९ पालिकाका नवनिर्वाचित प्रमुखले लिए सपथ

विष्णु पौडेलको वडामा ३० वर्षपछि कांग्रेसका उम्मेदवार विजयी

भेटिएको मतपेटिका खोलेर मतगणना गर्दा माओवादी उम्मेदवारले नै बाजी मारे

दुई पालिकाको नेतृत्वमा महिला

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

एमालेले के सोचेको थियो, के भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...