ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय सचिवालय सिंहदरबारमा सौर्य उर्जाको प्रयोग


admin


काठमाडौं, २७ काठमाडौं ।
देशको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारमा मंगलबारदेखि सोलार बिजुलीको प्रयोग गरिएको छ ।

चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यू होङले उद्घाटन गर्नुभयो । सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सोलार प्रणाली चीनले नेपाल सरकारलाइ हस्तान्तरण गरेको थियो । सोलारबाट बिजुली निकाल्न अर्थमन्त्रालय बाहेकका सबै मन्त्रालय र कार्यालयका छतमा प्यानल राखिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सबै भन्दा ठूलो सोलार सिंहदरबारमा राखिएको भन्दै यो सुरुवातमात्र भएको बताउनुभयो । उहाँले नेपालको जलश्रोतको उपयोगमार्फत जलविद्युत उत्पादन गर्ने कार्यका साथै सोलार बिजुलीलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रमा रहेको जनताको जिवनस्तरलाई माथि ल्याउन स्वास्थ , शिक्षा , रोगजारी र बिकासको कार्यलाई पनि सरकारले तिव्रता दिने भन्दै तीन बर्षभित्रै ठूलो परिवर्तनको महशुस जनताले गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा चिनियाँ राजदूत यू होङले सिंहदरबारमा सोलार प्रणाली जडान गर्न सफल भएको भन्दै सहयोगका लागी सरकारलाई धन्यवाद दिनुभयो । उहाले चीनले उर्जा उत्पादनका क्षेत्रमा नेपाललाई सदैव सहयोग गर्ने बताउनुभयो ।

सिंहदरबारमा प्यानल राख्ने काम दुई वर्षअघि सुरू भएको थियो । सुरुवातमा ५ मेगावाट सोलार बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तयारी थालिएपनि प्राविधिक रुपमा सम्भव नभएपछि अहिले एक मेगावाट मात्र बिजुली उत्पादन गरिएको हो । सिंहदरबारभित्र अहिले झण्डै १ मेगावाट भन्दा बढी बिजुली खपत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com