ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओमान नजिक भारतीय नाविक बोकेका जहाजमा अमेरिकी आक्रमण तीन भारतीय मारिए


एबीसी न्यूज
जेष्ठ २९, २०८३ शुक्रबार   ७ : ११   बजे

काठमाडौं, २९ जेठ । ओमानको तटीय क्षेत्रमा भारतीय नाविक सवार तेल ट्यांकरमा अमेरिकाले आक्रमण गर्दा तीन भारतीय नाविक मारिएका छन्। भारतले यो घटनापछि अमेरिकासमक्ष कडा विरोध जनाएको छ। भारतको विदेश मन्त्रालयले अमेरिकी नौसेनाले भारतीय चालकदल रहेको तेस्रो जहाज एमटी जलवीर (एमटी जालभिर) माथि पनि आक्रमण गरेको जनाएको छ।आजै अमेरिकाले तेस्रो जहाजमा आक्रमण गरेको थियो। आक्रमणमा मन्त्रालयका अनुसार जहाजमा रहेका सबै २० भारतीय नाविक सुरक्षित छन् र उनीहरूलाई उद्धार गरिएको छ।यसअघि एमटी सेत्तेबेल्लो र एमटी मारिवेक्स नामक तेल ट्यांकरहरूमा आक्रमण हुँदा तीन भारतीय नाविकको मृत्यु भएको थियो। घटनापछि भारतले अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जेसन मेकसलाई विदेश मन्त्रालयमा बोलाएर औपचारिक विरोध दर्ता गराएको छ। विदेश मन्त्रालयका प्रवक्ता रनधिर जैसवालले भारतीय नाविकहरूको सुरक्षा भारतका लागि सर्वोच्च प्राथमिकता रहेको बताए।भारतले अमेरिकालाई स्पष्ट रुपमा समुद्री कर्मचारीहरूको सुरक्षा सुनिश्चित गरिनुपर्ने र जहाजमाथि भइरहेका आक्रमण तुरुन्त रोक्नुपर्ने जनाएको छ।

खाडी क्षेत्रमा १८ हजारभन्दा बढी भारतीय नाविक

भारत सरकारका अनुसार हाल खाडी क्षेत्रमा १३ वटा भारतीय झण्डावाहक जहाज सञ्चालनमा छन्, यो क्षेत्रमा १८ हजारभन्दा बढी भारतीय नाविक कार्यरत छन्, तीमध्ये ५६२ जना भारतीय जहाजहरूमा तैनाथ छन्। यसकारण क्षेत्रीय द्वन्द्वले भारतीय नागरिकको सुरक्षामाथि प्रत्यक्ष प्रभाव पार्न सक्ने चिन्ता भारतले व्यक्त गरेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड ९सेन्टकम० ले तत्काल एमटी जलवीर घटनाबारे प्रतिक्रिया दिएको छैन। तर यसअघि मारिवेक्स र सेत्तेबेल्लोमाथिको कारबाहीको बचाउ गर्दै सेन्टकमले ती जहाजहरूले अमेरिकी सैन्य निर्देशन पालना नगरेको दाबी गरेको थियो।

अमेरिका हाल इरानी बन्दरगाहहरूविरुद्ध समुद्री नाकाबन्दी लागू गरिरहेको छ र सोही अभियानअन्तर्गत कारबाही गरिएको अमेरिकी पक्षको भनाइ छ।

भारतले क्षेत्रीय तनावको समाधान सैन्य कारबाहीबाट नभई संवाद र कूटनीतिक माध्यमबाट खोजिनुपर्ने धारणा दोहोर्‍याएको छ। विदेश मन्त्रालयले हर्मुज बाट अन्तर्राष्ट्रिय कानुनअनुसार जहाजहरूको निर्बाध आवतजावत पुनः सुनिश्चित गरिनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

सम्बन्धित

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

केही घण्टामै ‘ब्याक’ भए इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका ट्रम्प

विश्वकपको उद्घाटनमै इतिहास : मेक्सिकोको जित, तीन रातो कार्ड र विश्वकपले देखायो नयाँ रेकर्ड

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

अरु दल छाडेर आएकाहरूले रास्वपाको जिल्ला नेतृत्व कसरी कब्जा गरे ?(सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group