ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु


एबीसी न्यूज
जेष्ठ २१, २०८३ बिहीबार   ९ : १९   बजे

काठमाडौं २१ जेष्ठ । इजरायली सेनाले गाजा पट्टीको मध्य र दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी तीन प्यालेस्टिनीको मृत्यु भएको छ । गाजास्थित नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलकाअनुसार मध्य गाजाको देर अल–बलाहमा एउटा नागरिक सवारी साधनलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् ।त्यसैगरी, मध्य गाजाकै अल–जवाइदा क्षेत्रमा भएको इजरायली गोलाबारीमा अर्का एक प्यालेस्टिनीले ज्यान गुमाएका छन् । प्रवक्ता बासलकाअनुसार दक्षिणी गाजा पट्टीको खान युनिसस्थित हमाद सहर नजिकै इजरायली सेनाको गोली प्रहारबाट थप एक जनाको मृत्यु भएको छ । यी घटनाहरूबारे इजरायली सेनाले तत्काल कुनै आधिकारिक टिप्पणी गरेको छैन । यद्यपि, इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनमा आफ्ना सैनिकहरूमाथि आक्रमणको योजना बनाइरहेका विभिन्न संगठनका पाँच लडाकूहरूलाई मारिएको दाबी गरेको छ । 
मन्त्रालयकाअनुसार सन् २०२३ अक्टोबर ७ देखि शुरु भएको यस द्वन्द्वमा हालसम्म मृत्यु हुने प्यालेस्टिनीको संख्या ७२ हजार ९ सय ४२ पुगेको छ भने १ लाख ७२ हजार ९ सय ६७ जना घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको प्रतिबद्धता र यथार्थबीच प्रश्न : दलित अधिकार कार्यान्वयनमा राज्यको कमजोरी उजागर

‘मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड’

सम्बन्धित

ट्रम्प नियुक्तिको ठूलो अमेरिकी एजेन्सीका प्रमुख बेन ब्ल्याकको एपस्टाइनसँग व्यक्तिगत सम्बन्ध : इमेलहरूले खुलासा

इरान युद्ध रोक्न अमेरिकी तल्लो सदनद्वारा प्रस्ताव पारित : ट्रम्पको युद्ध नीतिमाथि कंग्रेसको विद्रोह

एल निनोका कारण विश्वभर चरम मौसमी जोखिम बढ्ने डब्ल्युएमओको चेतावनी

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु

दक्षिण कोरियामा स्थानीय तह र संसदीय उपनिर्वाचन सम्पन्न

कुवेतद्वारा १३ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १७ वटा ड्रोन खसालिएको पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group