ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेतावनी नमानेपछि अमेरिकी हमलामा पर्‍यो बोत्सवाना–झण्डावाहक ट्यांकर


एबीसी न्यूज
जेष्ठ २०, २०८३ बुधबार   ७ : २७   बजे

काठमाडौं २० जेष्ठ । अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा आफ्नो नौसैनिक नाकाबन्दी अभियानअन्तर्गत इरानतर्फ जाँदै गरेको एउटा खाली तेल ट्यांकरमाथि क्षेप्यास्त्र प्रहार गरेको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार बोत्सवानाको झण्डावाहक एम/टी लेक्सी नामक ट्यांकरले २४ घण्टासम्म दिइएका पटक–पटकका चेतावनी र निर्देशनलाई बेवास्ता गरेपछि अमेरिकी विमानले जहाजको इन्जिन कक्षमा हेलफायर क्षेप्यास्त्र प्रहार गरेको हो। आक्रमणपछि जहाज सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको सेन्टकमले जनाएको छ।

मंगलबार सार्वजनिक गरिएको भिडियोमा अमेरिकी सेनाले ट्यांकरमाथि आक्रमण गरेको दृश्यसमेत देखाइएको छ। उक्त जहाज अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानको खार्ग टापुतर्फ गइरहेको अमेरिकी दाबी छ। घटनाबारे इरानले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

सेन्टकमका अनुसार अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने जहाजमाथि नाकाबन्दी लागू गर्दै आएको छ। नाकाबन्दी सुरु भएयता ६ वटा व्यावसायिक जहाजलाई सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्‍याइएको तथा १२२ वटा जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य बनाइएको दाबी गरिएको छ।

स्ट्रेट अफ होर्मुज क्षेत्रमा अमेरिका र इरानबीचको तनाव चर्किरहेका बेला भएको यो घटनाले अन्तर्राष्ट्रिय समुद्री सुरक्षाबारे थप चिन्ता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि र मोदीबिच आज भेटवार्ता

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

सम्बन्धित

चीनमा थप लगानी: बहुराष्ट्रिय कम्पनीहरूको रणनीति

हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय : अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक

सडकको ‘आइकन’ देखि ‘स्टेट्सम्यान’ : एक असाधारण उदयको साधारण पतन?

कोहलीको जादुई ब्याटिङ: रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो पटक उचाल्यो आईपीएल ट्रफी

चीनद्वारा निर्मित ह्युमनोइड रोबोट र मानिसको सामूहिक नृत्य प्रदर्शन

साङ्ग्रिला संवाद २०२६ः क्षेत्रीय शान्ति र स्थिरताका लागि आसियानको केन्द्रियतामा भियतनामी राष्ट्रपतिको जोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group