ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसी महिला प्रिमियर कपमा नेपालको आज कतारसँग प्रतिस्पर्धा


एबीसी न्यूज
जेष्ठ २०, २०८३ बुधबार   ७ : १६   बजे

काठमाडौं २० जेष्ठ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल १८ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल भोलि भुटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल जेठ २३ गते हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल जेठ २७ गते आयोजना हुनेछन् । त्यसपछि जेठ २९ गते सेमिफाइनल खेलहरू तथा जेठ ३० गते तेस्रो स्थानका लागि प्लेअफ र फाइनल खेल हुनेछ ।

यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली आगामी महिला टी–२० एसिया कपका लागि छनोट हुनेछन् । नेपालले एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित प्रतियोगिताको सुरुआत कतारविरुद्धको खेलबाट गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुनजन्य स्वास्थ्य जोखिम सामना गर्न देशभर ‘र्‍यापिड रेस्पोन्स टिम’ तयारी अवस्थामा

नेपालका शीर्ष नेताहरूसँग मोदीको निरन्तर संवाद: राजनीतिक सन्तुलनको कूटनीति

सम्बन्धित

नेपालका शीर्ष नेताहरूसँग मोदीको निरन्तर संवाद: राजनीतिक सन्तुलनको कूटनीति

रवि र मोदीबिच आज भेटवार्ता

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

प्रधानमन्त्रीको ‘अतिक्रमण’ सम्बन्धी अभिव्यक्ति: नेपालभित्र तीव्र विरोध, भारतको कूटनीतिक जवाफ

बालेनको भनाइबारे भारत किन बोल्न चाहेन?

दिल्लीमा रविको उच्चस्तरीय भेट : नेपालको सीमा विवादमा नयाँ मोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group