ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिंगलास्थानमा साँझै लुटपाट र अपहरण, व्यापारीलाई बन्धक बनाएर ५० हजार फिरौती असुल


एबीसी न्यूज
जेष्ठ ८, २०८३ शुक्रबार  ८ : २४ बजे

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिका–८ पिंगलास्थानमा रहेको ‘हाम्रो डिजिटल स्टुडियो’का सञ्चालकलाई अपहरण गरी फिरौती असुल गरिएको घटना सार्वजनिक भएको छ।

रुपन्देही सियारी गाउँपालिका–५ घर भई लामो समयदेखि पिंगलास्थानमा स्टुडियो सञ्चालन गर्दै आएका ६० वर्षीय विष्णु न्यौपाने लाई ४ वैशाखको साँझ एक समूहले अपहरण गरी कुटपिट गर्दै रकम असुल गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्टुडियोमा प्रवेश गरेको समूहले सुरुमा करिब २ लाख रुपैयाँ नगद लुटपाट गरेको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिएर बागमती करिडोर हुँदै निलोपुलसम्म लगिएको बताइएको छ।

त्यसपछि अपहरणकारीहरूले ठूलो रकम माग गरे पनि अन्ततः ५० हजार रुपैयाँ फिरौती लिएर पीडितलाई छाडेको अनुसन्धानबाट खुलेको छ।

घटनापछि पीडितले प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले २४ घण्टाभित्रै घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा धनकुटा घर भई काठमाडौँ बस्दै आएका योगेन्द्र पौडेल र धनुषा घर भई काठमाडौँ बस्दै आएका रवीन कोइराला रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले वैदेशिक रोजगार तथा विभिन्न संस्थाको नाममा परिचयपत्र देखाएर ‘उद्धार’को नाममा ठगी गर्दै आएका थिए। उनीहरूले विदेशमा अलपत्र परेकाहरूका आफन्तसँग रकम असुल्ने र दोहोरो ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

दुवै अभियुक्तको साथबाट मन्त्रालय तथा विभिन्न संस्थाका परिचयपत्र, चेकबुक, नगद रकम र मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरू यसअघि पनि ठगी तथा अवैध आर्थिक गतिविधिमा संलग्न रहेको देखिएको भन्दै थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले बैठकमा चर्काचर्की : चार उपाध्यक्षले मागे ओलीको राजीनामा, बादल बने ढाल !

घरेलु मैदानमा नेपालको शानदार पुनरागमन: लिग २ मा १२ अंकको छलाङ

सम्बन्धित

बन्दकोठामा मन्त्रीबिना बैठक, सांसदले गरे राज्यव्यवस्था समिति बहिष्कार

दुर्गा प्रसाईंलाई आइतबारपछि थुनामा नराख्न सर्वोच्चको आदेश

एमाले बैठकमा केपी ओली र पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता

महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

पाकिस्तानी दूतवासद्वारा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com