ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई अध्यक्ष राईको प्रश्नः सेनाको दुरुपयोग गरी गरिब जनताको बस्तीमा किन आतंक फैल्याइयो ?


एबीसी न्यूज
बैशाख २८, २०८३ सोमबार  ३ : ३० बजे

काठमाडौं, २८ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले सेनाको दुरुपयोग गरी सुकुम्बासी बस्तीमा आतंक फैल्याएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष राईले यस्तो आरोप लगाउनुभएको हो । उहाँले चीन–भारतबीच लिपुलेक मार्ग हुँदै भइरहेको द्वीपक्षीय व्यापारका सम्बन्ध सरकारले प्रभावकारी कुटनीतिक वार्ता गर्न नसकेको आरोप पनि लगाउनु भयो । उहाँले सेनालाई सीमा सुरक्षामा खटाउनुको सट्टा सुकुम्बासी बस्ती हटाउने कार्यमा प्रयोग गरेकोप्रति आपत्ति गर्नुभयो । गरिब सुकुम्बासीलाई बेघर बनाई आत्महत्यासम्म गर्न बाध्य बनाउने सरकार असफल भइसकेको टिप्पणी समेत गर्नुभयो । उहाँले नेपाली सेनालाई सुरक्षाको लागि लिपुलेकतिर पठायो कि सुकुम्बासी बस्तीमा दादागिरी देखाउँदै बस्यो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘लिपुलेकमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ सरकार ? किन कुटनीतिक वार्ता गर्न सकने ? हस्ताक्षरबिनाको कुटनीतिक चिर्कटोको भरमा किन लुकेर बसेको छ यो सरकार ? नेपाली सेनालाई सुरक्षाको लागि लिपुलेकतिर पठायो कि सुकुम्बासी बस्तीमा दादागिरी देखाउँदै बस्यो ? सेनाको दुरुपयोग गरी गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो ? सरकारले जवाफ देओस् । आज देश अभिभावकविहीन बन्न पुगेको छ ।

हजारौँ, लाखौँ गरिब सुकुम्बासीहरुलाई बेघर बनाएर रुवाउने, आत्महत्या गर्न बाध्धय बनाउने सरकार असफल भइसकेको महसुश भएको छ । सरकारले नागरिकको मौलिक हक उल्लङ्घन गरेको छ ? संविधान मिच्ने सरकारको कुनै औचित्य हुन्छ र ? ’उहाँले संसद बोलाउनुपर्ने समयमा सरकारले अध्यादेश ल्याउँदा जनमतको अपमान भएको टिप्पणी समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com