ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष राजभण्डारीद्वारा राजीनामा


admin

चितवन, २५ चैत । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले आज राजीनामा दिनुभएको छ ।

गत पुस २५ गते दुई वर्षका लागि अध्यक्षमा नियुक्त हुनु भएका राजभण्डारीले अवधि छँदै राजीनामा दिनुभएको हो ।

उहाँले अस्पताल विकास समिति र स्वास्थ्य मन्त्रालयको नेतृत्वको बीचमा कार्यसम्पादन गर्ने सिलसिलामा असमझदारी बढेको भन्दै राजीनामा दिनुभएको हो ।

राजभण्डारीले मन्त्रालयले अस्पताल विकास समितिको दैनिक एवं स्वभाविक क्रियाकलापमाथि ठाडो हस्तक्षेप गरेकाले कार्यसम्पादनमा असहजता महसुस गरी राजीनामा दिएको बताउनुभयो ।

सरकारलाई आगामी दिनमा आफू अनकूल कार्य सम्पादन गर्न सहज होस् भन्ने उद्देश्यले आफूले मार्गप्रशस्त गर्दै आजैका मितिदेखि लागू हुने गरी अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएको जनाउनुभएको छ ।

अस्पतालमा अध्यक्ष भएसँगै अस्पतालले मेडिकल कलेजलाई भाडामा दिएको जग्गाको भाडा पुनरावलोकन गर्ने अडान लिँदै आउनुभएका राजभण्डारीलाई पछिल्लो समय मेडिकल कलेजको अनुकूल हुने गरी भाडा समायोजन गर्न दबाब बढेपछि उहाँले राजीनामा दिएको बताइएको छ ।

राजभण्डारीको १५ महिने कार्यकालमा महत्वपूर्ण कार्य भएका छन् । उहाँले अस्पतालबाट बैठक भत्ताबापत प्राप्त रकम पनि अस्पतालमै रहेको गरिब तथा विपन्न नागरिक कोषमा जम्मा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com